MUNGPOO(मंग्पू ) १६ जून, केशर मोक्तान : मंग्पू धिन्छेंन सेरप छोइलिङ गुम्बामा गत ३१ मई देखि शुरु गरिएको ८ छ्या १६ दिने ङन्युने व्रत आज आएर समाप्त भएको छ | आज सिक्किमबाट आएका बौद्ध धर्म गुरु रिगजीन दोर्जी रिम्पोछे साथै धिन्छेंन रिम्पोछे कै अवतारी ग्युर्मे उर्गेन छोइडाक रिम्पोछेको बाहुलीबाट भक्तजनहरुलाई अभिषेक वितरण गरियो | यस धार्मिक अनुष्ठानमा , सिक्किम ,दार्जीलिंग , कालेबुंग,खर्सांग,भुटान , नेपाल लगायत अन्य स्थानहरुबाट रिम्पोछेको आशिर्वाद थाप्न एवम अभिषेक ग्रहण गर्न भक्तजनहरु भेला भएका थिए | प्रत्येक वर्ष झैँ यस वर्ष पनि मंग्पू धिन्छेंन सेरप छोइलिङ गुम्बामा १६ दिने पूजा कार्पो छ्योगे ङन्युने व्रत स्थानीय धर्म गुरु टुल्कु छुलटिम , टुल्कु छ्याक टुल र टुल्कु जिक्मी को अगुवाईमा सम्पन्न भयो |
Post a Comment
We love to hear from you! What's on your mind?