दार्जीलिंग गोर्खा पार्वत्य परिषदका प्रशासक अनिल वर्माको आज अचानक मंग्पू क्षेत्र परिभ्रमण
MUNGPOO(मंग्पू )१६ जून ,केशर मोक्तान : दार्जीलिंग गोर्खा पार्वत्य परिषद प्रशासक अनिल बर्माले आज अचानक मंग्पू क्षेत्रको परिभ्रमण गरे | उनले यहाँको रयाङ टार स्थित सिटोङ र मंग्पूलाई जोड्ने जोगीघाट क्षेत्रको परिभ्रमण गर्दै यस क्षेत्रमा बाटो र्र पीउने पानीको समस्याहरु चाडै नै समाधान गर्ने कुरो पत्रकारहरुलाई बताए | अहिले पहाडी क्षेत्रमा विकाशको निम्ति चारैतिर गाउँ - बस्ती आफू घुमीरहेको पनि बताए | प्रशासक बर्माले मंग्पू र सिटोङको यातायातलाई सजिलो बनाउन चाडै नै जोगीघाटको झोलुंगे पुललाई परिणत गरि पक्का पुलको निर्माण गर्ने सरकारको योजना रहेको जनाउदै यस क्षेत्रमा चाडै स्वास्थ्य केन्द्र बनाइदिने आश्वासन दिए | पहिले यस क्षेत्रको सिन्कोना बगान राज्य सरकारको अधिनमा रहेको कारण दागोपापबाट काम गर्न असुविधा थियो भने अब नयाँ स्वायक्त शासन भित्र बिकाश गर्न सजिलो हुने कुरो प्रशासकले जनाए | यस्तै गरि बिकाशको क्रममा उनले मंग्पू सिरेल बंगलोदेखि लाब्दा बस्ती हुदै डाक बंगला सम्मको पक्का सडक साथै लाब्दा विभागदेखि सिटोंग बस्ती सम्म पक्का सडक चाडै नै निर्माण गर्ने सरकारको योजना रहेको उनले बताए | अर्को तिर मंग्पू क्षेत्रलाई पर्यटन क्षेत्रतिर अघि बढाउने अनि ग्रामिण क्षेत्र मा पीउने पानीको व्यवस्था पनि चाडै नै गर्ने कुरो बताए | स्मरण रहोस आज भन्दा १० वर्ष अघि प्रशासक अनिल बर्मा दार्जीलिंग अतिरिक्त जिल्ला शासक साथै सिन्कोना बगानको निर्देशकको पदभार पनि सम्हालीसकेको कारण यस क्षेत्रको समस्याहरु आफुलाई राम्ररी ज्ञात भएकोले चाडै सम्पूर्ण समस्याहरु पालै- पालो गरेर समाधान गर्ने कुरो पत्रकारहरुलाई बताए | यहाँको समस्याहरु जस्तै बाटो ,स्वास्थ्य केन्द्र र बिजुली बत्तिको समस्या लिएर स्थानीय सिन्कोना बगान बंग्लोमा गोजमुमो पार्टी कार्यकर्ता साथै दार्जीलिंग तराई डुवर्स प्लान्टेसंन लेबर युनियन प्रतिनिधिगणले पनि प्रशासक सित भेट गरे |
Post a Comment
We love to hear from you! What's on your mind?