मंग्पू सरकारी अस्पतालमा डाक्टर छ औषधि छैन

MUNGPOO(मंग्पू )१९ जुलाई,केशर मोक्तान : तीस हजार भन्दा अधिक जन संख्या भएको मंग्पूमा सिन्कोना अधिनस्त एकमात्र सरकारी अस्पताल छ | तर यस अस्पतालको अवस्था दैनोदिन जीर्ण हुदै गैरहेको छ | हाल यस अस्पतालमा डाक्टर छ  तर औषधि भने छैन | अस्पताल कर्तिपक्षले बताए अनुसार मंग्पू  अस्पतालमा डाक्टरले माग गरेको सुची अनुसार औषधि नआएको एवम अस्पतालमा सरकारी टेन्डरमा आएको औषधि कुनै पनि सठीक नभएको साथै प्राय: जसो नक्कली रहेको थाहा लागेको छ | यसरी सरकारी तौरमा आएको औषधिको मात्रा कम्ति रहेको साथै नक्कली रहेको कारण यस्ता औषधि कुनै पनि बिरामीको ज्यान समेत लिन सक्ने भयले गर्दा अस्पतालका डा० घोसालले यस्ता औषधिलाई प्रयोग नगरेको जान्नमा आएको छ | यसरी  सरकारी अस्पतालमा आएको औषधि नै नक्कली भएपछि  अस्पतालमा आफ्नो स्वास्थ्य जाच्न आएका बिरामीहरु डाक्टरले बाहिरको मेडिकल दोकानबाट नै राम्रो औषधि किन्ने सल्लाह दिएको बुझियो | यसो हुँदा कति गरिब परिवारका बिरामीहरुले औषधि किन्न नसकेको पनि थाहा लागेको छ | मानिसको जीवनमा स्वास्थ्य नै धन हो ,स्वास्थ्य ठीक भए मात्र सबै कुरा गर्न सकिन्छ ,यसैले बिरामीहरु आफ्नो स्वास्थ्य जांच गर्न अस्पताल आउँछन् | तर मंग्पू  सरकारी अस्पतालमा पाइने औषधिले स्वास्थ्य ठीक हुनको साटो ज्यान लिन सक्ने सम्भावना रहेकोले जनसाधारणमा भय उत्पन्न भएको देखिन्छ | यदि अस्पतालमा यस्ता घटिया औषधि आउँदैछन्  भने सिन्कोना बगान व्यवस्थापकले यस्ता औषधि दिने कम्पनी र ठेकादारहरुलाई किन रोक्दैन ? अस्पतालका डाक्टरले मांग गरेको सुची अनुसार किन औषधि पाईंदैन ? आज सिन्कोना व्यवस्थापकको लापरवाहीले गर्दा भोलिको दिनमा निर्दोष व्याक्तिको प्राण सम्म जाने स्पस्ट देखिन्छ |
यस विषयमा युनियनका प्रतिनिधि र नेतावर्गले पनि ध्यान दिन आवस्यक रहेको छ | त्यति मात्र नभएर मंग्पू सरकारी अस्पतालमा पाइने औषधि सम्बन्धमा सिन्कोना बगान व्यवस्थापक , सम्पूर्ण संघ ,संस्था साथै जनसाधारण अघि आउने समय आएको छ | औषधि आम मानिसको जीवनसित  जोडिने भएकोले मंग्पू अस्पतालमा वितरण गरिने औषधिलाई उच्च स्तरीय जाँच हुन आवश्यक रहेको छ |
हाल मंग्पू  सरकारी अस्पतालको ओ० पी० टी० मा ५० देखि १०० बिरामीहरु  दैनिक रुपमा आफ्नो बिरामी जचाउन आउछन्  भने बिरामीहरुले प्राय: जसो औषधि बाहिर बाटै किन्न बाध्य रहेको देखिन्छ | यसरी सिन्कोना व्यवस्थापनबाट मंग्पू  सरकारी अस्पतालमा आएको औषधि सठीक नभएकोले मंग्पू  अस्पतालका डाक्टरले राम्रो औषधि दिने मांग गर्दै ११ जुलाई २०११ को दिन बी० एम० ओ० एच० लाई औषधिको सुची पठाएको जान्नमा आएको छ | यस्ता सम्पूर्ण समस्याहरुलाई मध्य नजर राख्दै यस क्षेत्रमा एउटा सरकारी स्वास्थ्य केन्द्र (हेल्थ सेन्टर ) हुन जरुरी ठान्दछ मंग्पूका जनता |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.