"जी० टी० ए० सुन हो भने गोर्खाल्याण्ड हिरा भएर आउने छ" -बिनय तामांग

दागोपापको गठन हुदा कोठा भित्र हस्ताक्षर भएको थियो भने जी० टी० ए० हुदा खुल्ला मैदानमा हस्ताक्षर भएको छ | जी० टी० ए० सुन हो भने गोर्खाल्याण्ड हिरा भएर आउने छ"  -बिनय तामांग
MUNGPOO(मंग्पू  २३ जुलाई,केशर मोक्तान): गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिसट्रेसन माथि सम्झौता भएकोमा मोर्चाले आज मंग्पू सिन्कोना बगान छुट्टी दिएर धुमधाम पटेका पड्काएर ,नाच -गान गर्दै  विजय उत्सव मनाए | जी० टी० ए० लाई गोर्खाल्याण्ड राज्यको पूर्वाधार मानेर आज मंग्पूमा गोजमुमो मंग्पू जोन १४ वटा शाखा र १४ वटा भात्रि संगठनका कार्यकर्ताहरुले हर्षोलास साथ नाच्दै विजय उत्सव मनाए | नाली डाडा फाटकदेखि निकालिएको विजय जुलुश रविन्द्र भवनमा पुगी एक सभामा परिणत भयो | गोजमुमो मंग्पू जोन मूल सचिव रतन लामाले संचालन गरेको सभालाई सम्बोधन गर्दै गोजमुमो केन्द्रिय समितिका सह- सचिव बिनय तामांगले सिन्कोना जी० टी० ए० भित्र अन्तर्भुक्त रहेकोले सिन्कोनाबासी अति नै खुशी हुन पर्छ, सिन्कोना बगानको कोलकातामा अवस्थित निर्देशक कार्यलय अब मंग्पू मा नै हुने छ भनि जनाए| दागोपापको गठन हुदा कोठा भित्र हस्ताक्षर भएको थियो भने जी० टी० ए० हुदा खुल्ला मैदानमा हस्ताक्षर भएको छ | जी० टी० ए० सुन हो भने गोर्खाल्याण्ड हिरा भएर आउने छ"   | जी० टी० ए० को खेस्रा विरोधी नेताहरुले पनि पदन सक्छ | मोर्चा अध्यक्ष बिमल गुरुंगले आफ्नो कलम र हात गोर्खाल्याण्डको निम्ति जोगाई राखेको छ " भनि तामांगले बताए | अर्को वक्ता गोजमुमो केन्द्रिय समितिका संगठनिक सचिव एवम मंग्पू -लाठ पन्चर जोनका संयोजक रतन थापाले पहाडका विपक्षी पार्टीहरु पहिले पनि साथमा थिएन र आज पनि छैन भन्दै क्रामाकपा २१ वर्ष कहाँ थियो र अहिले गोर्खाल्याण्ड आन्दोलनको घोषणा गर्दैछ " भनि प्रश्न राखे | संयोजक रतन थापाले गोर्खाल्याण्ड आन्दोलन सकिएको छैन भनि खेस्रामा स्पस्ट लेखेको छ र पार्टीले यस्तो भूल गर्ने छैन भनि बताए | आजको दिन दिवंगत नेता एवम मंग्पू जोन पुर्व अध्यक्ष स्व: डी० पी० राईलाई स्मरण गर्ने दिन हो भनि थापाले जनाए | गोजमुमो मंग्पू  जोन उपाध्यक्ष जी० बी० राई को अध्यक्षतामा सम्पन्न भएको यस विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मंग्पू जोन सचिव रतन लामाले जी० टी० ए० मा सिन्कोना  अन्तर्भुक्त हुनु ठुलो कुरो हो अब उसो सिन्कोना पुन: उथान हुने बताए |

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.