आज मङपु लाटपन्चर समष्टि
अन्तर्गत लाब्दा बस्तीमा
गोरामुमो भिलेज कमिटिको
एक जरुरी सभा भिलेज चिफ
चिफ ओङछेन शेर्पाको बासस्थानमा
सुरेन तामाङको अध्यक्षतामा
सम्पन्न भयो | सभामा बर्तमान
राजनैतिक उतार चड़ाऊ माथि चर्चापरिचर्चा
गरियो | पहाडलाई भारतको संविधानमा
अन्तरभुक्त गरिएको छैटौअनुसूचीलाई
चाडो भन्दा चाडो लागु गराउनु
पर्छ भनि लाब्दा बस्तीका
सम्पूर्ण गोरामुमो भिलेज कमिटि
कार्यकर्ताले सभामा अडान लिए |
छैटौअनुसूचीले मात्र पहाडको
अँध्यारोमा बसेको जनतालाई
उज्यालो दिनेछ भनि मङपु लाटपन्चर
पार्टी सयोजक के.बी.गुरुङले
सभामा जनाए | यसरी केहि दिन भित्रमा
नै मङपुमा गोरामुमोको जनसभामा
हुने नेताहरुले जनाए भने
उक्त जनसभामा लाब्दा बस्ती
भिलेज कमिटिका सयप्रतिसत पार्टी
कार्यकर्ता उपस्थित रहने सयोजकले
बताए |
Post a Comment
We love to hear from you! What's on your mind?