मंग्पू अगमसिह गिरी विद्यालयमा विज्ञान विषयको प्रयोगशाला उदघाटन

MUNGPOO (मंग्पू )केशर मोक्तान : आज यहाँको अगमसिंह गिरीनिम्नोच्च विद्यालयमा एउटा महत्वपूर्ण विज्ञान विषयको प्रयोगशाला सिन्कोना बगान एवम अन्य औषधि पौधाका निर्देशक डा० ज्ञान चन्द्र सुब्बाको बहुलीबाट उद्घाटन गरियो | यस विशेष समारोहमा विधालयका सम्पूर्ण विद्यार्थीबर्ग ,अभिभावक ,शुभ चिन्तक लगायत मंग्पू  जोन गोजमुमो मूल सचिव रतन लामा साथै खर्सांग महकुमा समितिका उप सभापति प्रदीप छेत्री उपस्थित थिए | विधालयका प्रधान अध्यापक रुपाश बोम्जनले हर्ष प्रकट  आजको दिन विधालयको निम्ति ऐतिहासिक दिन भएको साथै अध्यनरत विधार्थीवर्ग साचै भाग्यशाली साबित भएको छ जसले प्रयोगशालाको लाभ उठाउने अवसर पाएको विचार व्यक्त गरे | वर्तमान प्रायोगिक शिक्षा धेरै महत्वपूर्ण रहेको जानकारी दिंदै  समारोहका प्रमुख अतिथि ज्ञान चन्द्र सुब्बाले विद्यार्थीवर्गलाई प्रयोगशालाको ज्ञान वर्धक सुझाउहरु राखे | यसरी मंग्पू जोन सभापति रतन लामाले विद्यालयका समस्याहरु माथि गम्भीर कुरा व्यक्त गर्दै विधालयको प्रगतिको कामना गरे | वक्तब्यको क्रममा संचालन समितिका सभापति विष्णु खरेलले प्रयोगशाला जस्तो लाभकारी कुरा विद्यालयले प्राप्त गरेको खुशी व्यक्त गर्दै सिन्कोना बगान निर्देशकलाई आभार व्यक्त गरे | अन्तमा विधालयका प्रधान अध्यापकले यस प्रयोगशाला एउटा पाठशालाको निम्ति मात्र नभएर मंग्पू  क्षेत्रका सम्पूर्ण विधालयको विद्यार्थीहरुको निम्ति हो ,र यदि प्रस्तुतिको कारण कसै पनि विधार्थीले हेर्न चाहे विधालयका विज्ञान शिक्षक एवम प्रयोगशाला प्रभारी एरोंन तामांगसंग सम्पर्क गर्न पर्ने कुरा बताए |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.