मंग्पूका हवलदार दिपक छेत्रीलाई सैनिक सम्मानको साथ अन्तिम श्रधान्जली

MUNGPOO(मंग्पू) /२५ अगस्त/केशर मोक्तान : देशको सिमाना रक्षा गर्दै  श्रीनगर जम्मू  काश्मीरको खेरु ट्रेनिंग क्याम्पमा २३ अगस्त बिहान ७ बजे अचानक हृदयघात भएर देहान्त हुन पुगेको 2nd/9th GR मंग्पू को गोर्खे छोरो दिपक छेत्रीको पार्थिव शरीर सैनिक सम्मानको साथ आज बिहान उनको निज बासस्थान रेशेप बजार (Reshep Bazar) मंग्पूमा ल्याई पुरायो | हवलदार छेत्रीको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानको साथ तिरंगा झण्डाले ढाकेर आज १२ बजे मंग्पू  ल्याईपुराए पछि उनलाई परिवार लगायत मंग्पू बासी खादार्पण गरेर श्रधान्जली चडाए | उनको पार्थिव शरीर लिएर आएका मेजर राजीव कुमारले अनुसार शहीद छेत्री एक असल र अनुसाशित सैनिक थिए भने उनले सधै झैं आफ्नो क्याम्पमा ट्रेनिंग गरिरहेको समय अचानक हृदयघात भएर भुइँमा लडेपछि  उनलाई तत्कालै वायुमार्गमा बी० एस० सैनिक अस्पताल श्रीनगर पुर्याउन साथ डाक्टरले उनको शरीरलाई मृत घोसित गरे | देशको सिमानामा आतंकवादी संगठनसित कसरी भिडन्त गर्न सकिन्छ भन्ने सन्दर्भमा त्यस दिनको पनि श्रीनगर खेरु क्याम्पमा ट्रेनिंग भैरहेको समय अचानक  यस्तो घटना भएको मेजरले बताए | यसरी आज २ बजे उनको पार्थिव शरीरलाई सैनिक सम्मानको साथ निकालेर शमशानघाट पुराएपछि अन्तिम चोटी बिकुल बजाएर  सम्मान दिदै  अन्तिम श्रधान्जली दिए | हवलदार छेत्रीको पार्थिव शरीरलाई श्रधान्जली दिन एवम सवयात्रामा सामेल हुन हजारौं मानिसहरु भेला भएका थिए | स्मरण रहोस हवल्दार छेत्री दार्जीलिंगको जलपहाड सैनिक छाउनीबाट ९ /१२/१९९२ सालमा सैनिकमा भर्ती भई देशको सेवा गर्न गएका थिए | उनको आफ्नो मृत्युपछि रेणु छेत्री (पत्नी) अनि दुई छोरीहरु रोजा र  मेघा छेत्रीलाई छोडेर गएका छन् | 




Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.