अन्ना हजारीको समर्थकमा मंग्पू का नर्सरी स्कूल संस्था पनि सडकमा


MUNGPOO(मंग्पू) /२५ अगस्त/केशर मोक्तान :  देशको भ्रष्टचार विरुद्ध भारतव्यापी आन्दोलनको नेतृत्व  गरिरहेका समाजसेवी अन्ना हजारीको जन लोकपाल विधेयको पक्षमा यतिखेर देशभरी चलिरहेको समर्थकको लहरले मंग्पूमा पनि प्रभावित बनेको छ | यस्तै गरि देशको भ्रष्टचार विरुद्धमा अन्नाको जन लोकपाल बिलको समर्थन गर्दै आज मंग्पू  नर्सरी स्कूल संस्था पनि सडकमा उत्रेको छ | गत वर्ष गठन भएको मंग्पू  वरिपरीका नर्सरी स्कूलहरुलाई लिएर बनेको संस्थाले आज मंग्पूमा पहिलो चोटी भ्रष्टचार विरुद्ध रयाली निकाले | प्रत्येक स्कूलबाट हातमा नानीहरुले भ्रष्टचार विरुद्ध लेखिएको प्लेंगकार्ड बोकेर रेशेप कटुवाल गोलाईमा एक जुट भएर भेला भए पछि उक्त रयालीले अन्ना हजरीको समर्थनमा मंग्पू  रेशेप बजार (Mungpoo Reshep Bazar) हुदै नालीडाडा बस स्ट्याण्ड सम्म शान्ति जुलुस निकाले | उक्त रयालीमा मंग्पूका ९ वटा नर्सरी स्कूल,गुड स्टार्ट एकाडेमी, ग्रीन माउनटेन ,ग्रीन हिल, डा० अम्बेडकर,सेन्ट एन्थोनी, सन्त मंगल एकाडेमी,डलफिन, सुहाना हिल एन्जल्स, अनि सिदार्थ मेमोरियल एकाडेमीका विध्यार्थीहरु साथै शिक्षकहरु उपस्थित थिए | उक्त रयाली नालीडाडा बस स्ट्याण्डमा पुगेपछि नानीहरुलाई सम्बोधन गर्दै भारत देशलाई भ्रष्टचार मुक्त बनाउनको निम्ति अन्ना हजारीको आन्दोलनलाई मंग्पूबाट पनि सहयोग पुराउंदै आजको शान्ति रयाली निकालिएको हो भनि संस्था सचिव मनोज तामांगले बताए | यसरी देशको भ्रष्टचार विरुद्ध आन्दोलनको सहयोगमा सम्पूर्ण मंग्पू वरिपरीका नर्सरी स्कूलहरु एक जुट भइ आजको शान्ति जुलुसमा भाग लिएको मा सम्पूर्ण विधालयका नानीहरु साथै शिक्षक-शिक्षिकाहरुलाई मंग्पू नर्सरी संस्था आभार व्यक्त गर्दै सभापति एम० के० छेत्रीले आज मंग्पूका नर्सरी स्कूलहरु बन्द रहने घोषणा गरे |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.