दार्जीलिङ डिस्ट्रीक्ट अल बुद्धिष्ट माइनोरिटी वेलफेयर एसोसिएशनले आफ्नो विविध मागहरु पेश गर्दै राज्यकी मुख्यमंत्रीलाई ज्ञापन चढाए(Darjeeling District All Buddhist Minority Welfare Association)

KALIMPONG(कालेबुङ)25अगस्त/प्रदीप लोहागुण:- दार्जीलिङ डिस्ट्रीक्ट अल बुद्धिष्ट माइनोरिटी वेलफेयर एसोसिएशनले(Darjeeling District All Buddhist Minority Welfare Association) आफ्नो विविध मागहरु पेश गर्दै राज्यकी मुख्यमंत्रीलाई ज्ञापन चढाएको छ। संगठनले आज जिल्लापालमार्फत मुख्यमंत्रीलाई आफ्नो ज्ञापन पत्र प्रेषित गरेको छ।
यस संगठनले  पश्चिम बंगाल अल्पसंख्यक आयोगमा बुद्धिष्ट अल्पसंख्यक समुदायबाट प्रतिनिधिको प्रावधान, दार्जीलिङ जिल्लालाई अल्पसंख्यक केन्द्रीत जिल्लाको दर्जा अनि बुद्ध पूर्णिमाको दिन सरकारी बिदाको घोषणा गर्नु पर्ने सरकारसमक्ष माग गरेको छ। संगठनले आज जिल्लापाललाई ज्ञापन दिन अघि दार्जीलिङ शहरदेखि जिल्लापाल कार्यालयसम्म एउटा र्‍यालीको आयोजना पनि गरेको थियो। राज्यका अन्य 12 वटा जिल्लाहरुलाई अल्पसख्यक केन्द्रित जिल्लाको दर्जा दिएजस्तै दार्जीलिङलाई पनि यो दर्जा दिनु पर्ने यस धार्मिक अल्पसंख्यक समुदायको माग छ। सरकारले यसको निम्ति सो क्षेत्रमा 25देखि 30% धार्मिक अल्पसंख्यकहरुको बसोबास हुनु पर्ने नियम निर्धारण गरेको छ जबकि दार्जीलिङ जिल्लामा 40% बुद्धिष्ट अल्पसंख्यकहरुको बसोबास रहेको संगठनको दाबी छ। दार्जीलिङ जिलाले यो दर्जा नपाएको कारण यहाँका बुद्धिष्ट अल्पसंखय्कहरु सरकारद्वारा प्रदत्त अनुदान र सहुलियतहरुबाट बञ्चित रहेको यस संगठनको भनाई छ। संगठनका अध्यक्ष एम एस बम्जनले यसबारे थप जानकारी दिएका छन।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.