राष्ट्रीय राजमार्ग 31एको गेलखोलामा आज बिहान भएको वाहन दूर्घटना एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते

KALIMPONG(कालेबुङ)25 अगस्त:- राष्ट्रीय राजमार्ग 31एको गेलखोलामा आज बिहान भएको वाहन दूर्घटना एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छ्न।
घटनाबारे  प्राप्त जानकारी अनुसार सिलगढीबाट सामानहरु लिएर सिक्किमको माझीटार गइरहेको  एउटा ट्रकले नियञ्त्रण हराएर  गेलखोलास्थित  राजमार्गको किनारमा रहेका दोकानमा  पस्दा 32 बर्षीय दोकान मालिक  रमेश प्रधानको मृत्यु भएको छ भने अर्का एकजना दोकाने छोटेलाल चन्द अनि तिनका  कर्मचारी लुरे प्रधान घाइते  भएका छ्न। ट्रकको धक्काले सडक किनारमा राखिएका एउटा मारुति भ्यान र मोटरबाइक पनि क्षतिग्रस्त बनेको छ। यो घटना आज बिहान 8 बजीतिर भएको जानकारी पाइएको छ। ड्ब्लु बी 73-7071 नम्बर भएको उक्त दूर्घटनाग्रस्त वाहन बाजला ट्रांसपोर्टेशनको रहेको थाहा लागेको छ। वाहन बिहान गेलखोलामा आइ पुग्दा वाहनको सस्पेंसन स्प्रिङमा खराबी उत्पन्न हुँदा यो दूर्घटना हुन पुगेको जानकारी पाइएको छ। वाहनको धक्काले गम्भीर घाइते बनेका रमेश प्रधानलाई उपचारको निम्ति कालेबुङ महकुमा अस्पतालमा ल्याइएको थियो ,जहाँ डाक्टरले उनलाई मृत घोषित गरे। अन्य दुइजना घाइतेहरुलाई पनि महकुमा अस्पतालमा भर्ना गरिएको छ। यी दुइजनाको अवस्था खतराबाट बाहिर रहेको बताइएको छ। वाहनका चालक र खलासी घट्नाको तत्कालै त्यहाँबाट लापत्त बनेका छ्न। पुलिसले घटनास्थलमा पुगेर घटनाको निरीक्षण गरेको छ भने वाहनको मालिक र चालकसँग सम्पर्क गर्ने कार्य शुरु गरेको छ।
-(कालेबुङबाट प्रदीप लोहागुणको रिपोर्ट)
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.