सिन्कोना बगानको चार सुत्री माँग लिएर दा० त० डु० पला० ले० यु० प्रतिनिधि टोलीले मन्त्रीलाई भेटे (Darjeeling Terai Dooars Plantation Labour Union)

MUNGPOO(मंग्पू /२७ अगस्त/केशर मोक्तान) : दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियनका प्रतिनिधि टोली साथै दुई विधायकले सिन्कोनाको समस्या बारे अवगात गराउँदै राज्यका हर्टिकल्चर विभागका मन्त्री अबुहिमासित भेट गरेर एक बैठक बसे पछि आज दार्जीलिंग फर्की आएका छन् | उक्त बैठकमा मन्त्री अबुहिमा,हर्टिकल्चर विभागका सचिव, सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बा लगायत कालेबुंगका विधायक डा० हर्क बहादुर छेत्री, खर्सांगका विधायक डा० रोहित शर्मा  अनि दा० त० डु० पला० ले० यु० केन्द्रिय समिति सभापति पी० टी० शेर्पा ,सचिव सुरज सुब्बा,कानुनी सल्लाहकार तिलक चन्द्र रोका, प्रचार प्रसार सचिव मिलन प्रधान, सिन्कोना जोन  दा० त० डु० पला० ले० यु० केन्द्रिय समिति सभापति गोपाल रुचाल, सचिव गगन राई अनि गोजमुमो केन्द्रिय समिति संगठनिक सचिव रतन थापा उपस्थित थिए |
उक्त युनियन प्रतिनिधि टोलीले मन्त्रीसंग भेट गरि चार सुत्री माँग पेश गरे | प्रथम त युनियनको पक्षमा सिन्कोना बगान मजदुरबर्गको बेसिक पे २१.६२ पैसा १९८७ देखि अहिले सम्म बढेको छैन भने यस विषयमा पुर्व राज्य सरकारलाई अवगात गराएर  १०/११/२०१० सालमा बेसिक पे १२६ बढोत्तरी गरिसकेको थियो भने अहिले सम्ममा पनि त्यस बढोत्तरी भएको मजदुरबर्गको बेसिक पे लागु नभएको कारण सरकारले झट्टै लागु  गर्ने मन्त्रीलाई आह्वान गर्दा हालसम्म उक्त कागजपत्र सरकारको लेबर डीपार्टमेन्ट मै रहीरहेकोले चाडै नै हर्टिकल्चर विभागमा पठाएर मन्त्रीले देखरेख गरेपछि त्यस विषयमा सचिव साथै निर्देशकलाई बयान जारी गर्ने कुरो मन्त्रीले बताए | युनियन पक्षले १५ दिन भित्रमा उक्त बेसिक पे लागु भएको हुन पर्छ भन्ने माँग गरेका छन् | यसै गरि सिन्कोना श्रमिकहरुको बोनस ८.३३% हुन पर्छ भनि युनियनले माँग गरेका छन्  साथै अहिले सम्ममा एक हजार रुपियाँ मात्र सरकारले बोनस दिदै आइरहेको छ  भनि युनियन पक्षले मन्त्री समक्ष कुरा राख्दा मन्त्री छक्क पर्दै  अब चाडै नै ८.३३% गरेर नै श्रमिक बर्गको बोनस दिने आदेश मन्त्रीले जारी गर्ने कुरो बताए | अर्कोतिर हालसम्म सिन्कोना बगान कर्मचारीको तलब श्रमिक कोषबाट नै दिरहेको हुनाले बगानको कर्मचारीबर्गलाई चाडै नै कर्मचारी कोषबाट तलब दिने युनियनले कुरा राख्दा मन्त्री अबुहिलाले यो कुरोलाई स्विकार्दै चाडै नै कर्मचारीबर्गको कोषबाट नै तलब दिने निर्देश सचिवलाई जारी गरे | युनियनले सिन्कोना विभागीय अधिकारीवर्गको रिक्त पदहरु चाडै पुरा गर्नुपर्छ भनि माँग राख्दा मन्त्रीले सो माँगलाई पनि स्वीकारेर चाडै लागु गर्ने बचन दिएका छन् |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.