मंग्पूमा ईको टुरिसम चाडै नै शुरु हुने -Mungpoo as an Eco-Tourism

MUNGPOO(मंग्पू )२७ अगस्त/केशर मोक्तान: पहाड अनि डुवर्सको धेरै ठाउँहरुमा झैँ मंग्पूमा पनि अब चाडै इको टुरिजम शुरु गरिने भएको छ | पहाडको दोश्रो बृहत उद्योग सिन्कोना अनि मंग्पू  अवस्थित कुइनाइन कारखाना,रविन्द्र संग्राहलय साथै सिरेल बंगलोलाई लिएर पहिलो चोटी इको टुरिजम मंग्पूमा शुरु गरिने जानकारी " विनडोज " संस्थाका एक अधिकारी  देवअशिले बताएका छन् | सिटोंग क्षेत्रमा इको टुरिजमको निम्ति भ्रमण गरेर मंग्पू  रविन्द्र संग्राहलयमा आइपुगेका विन्डोज कम्पनीका अधिकारीले मंग्पू सिन्कोना बगानका व्यवस्थापकसित पनि भेट गरिएको र उनले यहाँ इको टुरिजम भयो भने यस क्षेत्रको बिकाश हुनेछ र यस उनले यस कार्यको सरहाना पनि गरे | विन्डोजले प्राय: तीन वर्ष अघिदेखि पहाडमा इको टुरिजम शुरु गरेको र हाल १० वटा इको टुरिजम केन्द्रहरु सुचारु रुपले चलिरहेको जनाउदै मंग्पूमा पनि उउक्त संस्था द्वारा आगमी अक्टोबर महिना देखि बाहिरबाट पर्यटकहरु पठाउने कार्य शुरु गर्ने भएको छ | यसरी बाहिरबाट पर्यटकहरु पठाउदा बस्ने ठाउँको असुविधा नहोस्  भनेर विन्डोज संस्थाले मंग्पूमा अगावै सरिता कुन्ज नामकरण गरेर एउटा घरको पनि बन्दोबस्त गरिसकेको छ | यस संस्थाले चटकपूरमा पनि इको टुरिजम खोलीसकेको जान्नमा आएको छ | पहाडमा इको टुरिजम फ्रसताउने सन्दर्भमा यहाँको राजनैतिक पार्टी सित पनि जोगाजोग गरि चाडै नै चर्चा गरिने जानकारी संस्थाका अधिकारीले जनाएको छ | मंग्पूमा पहिलो चोटी इको टुरिजम शुरु गरिने खबरले  मंग्पूबासी  जनसाधारणमा हर्षको लहर छाएको छ र यहाँ इको टुरिजम राम्रोसित फ्रसटाउन सके यहाँको व्यापारीवर्ग र जनता लाई लाभावान्तित हुने सम्भावना रहेको देखिन्छ | मंग्पूको लाब्दा विभागमा अवस्थित रयाङटारमा  पनि इको टुरिजम खोल्न सके असल हुने थियो भनि स्थानीय जनताको भनाई छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.