Mungpoo- मंगर संघ भारतको सभा

Mungpoo(मंग्पू)३० अगस्त/निस: मंग्पू  विभागीय प्राथमिक पाठशाला भवनमा मंगर संघ भारतको अधिनस्थ मंग्पू  विभाग अन्तर्गत मंग्पू- शिम्ले (Simley) शाखाको संयुक्त रुपमा मंग्पूर धुराका शाखा सभापति किशोर थापाको अध्यक्षतामा सभा सम्पन्न भयो | सभामा मंगर संघ भारत,केन्द्रिय समितिका अनि महकुमा समिति र शहरीय समितिका उच्च पदिस्थ पधाधिकारीगण मनिष राणा महेन्द्र राणा साथै अमित थापा को बिशेष उपस्थिति थियो | मंगर जतिको उन्नति र विकाशको निम्ति एक हुने अतिथि बक्ताले भने | मारुनी नांच तथा अन्य मंगरको नांचहरुलाई संरक्ष्ण गर्दै जातीय बाध्य -वादन मादललाई सबैले संरक्ष्ण गरी पछौटे मंगर जातिलाई आर्थिक,सामाजिक शिक्षाको क्षेत्रमा पनि अघि बढाउने स्वच्छ सुझाउहरु अतिथिबर्गले  राखे |  यसै सभामा अखिल भारतीय मंगर संघलाई बिघटन गरियो | विघटन पश्चात मंगर समाजको मंग्पू  विभाग शाखाका सभापति किशोर थापा,सचिव आसित थापा औ कोषाध्यक्ष शंखपाल थापा सर्वसम्मतिमा निर्वाचित भए भने सिम्ले धुरा शाखाका सचिव रितेश थापा,सभापति भिम बहादुर  आले औ कोषाध्यक्ष बुद्धिमान थापा मंगरलाई चुनियो भनि मंगर संघ भारतको पक्षमा बुद्ध कुमार थापाले जानकारी दिएको छ | नव निर्वाचित समितिद्वयका पदाधिकारीगणले भारतबर्षको विभिन्न जातिको एकतालाई हेरेर मंगर जातिको उत्थानको निम्ति निष्ठापूर्वक कार्यहरु  गर्ने प्रण गरेका छन् |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.