Mungpoo- मंग्पू विभागमा शहीद कप लात्ते भकुण्डो हुने

Mungpoo/मंग्पू/३० अगस्त: विगत वर्ष झैं यस वर्ष पनि मंग्पू  विभागीय खेलकूद समितिको तत्वधानमा मंग्पू  विभागीय खेलकूद जन मैदानमा शहीद कप सम्पन्न भैरहेछ | भारतवर्षको रक्षार्थ, देशको सुरक्षा तथा भारतलाई विश्वमा चिनाउन आ- आफ्नो तन्नेरी जीवनलाई देश अनि देशबासीलाई समर्पण गरि शहीद हुन पुगेका मंग्पू  विभाग, मंग्पू ,दार्जीलिंग बासी गोर्खा सपुत बीर पुत्रद्वय  शहीद  सुजीत थापा (मंगर ) अनि शहीद संजय राईको स्मरण गर्दै समस्त मंग्पू बासी एक भई शहीदहरुलाई स-सम्मान जनाउदै उनिहरुको उत्सर्गको सम्मान गर्न सधै तत्पर छन् | फलत: मंग्पू  विभागीय खेलकूद समिति मंग्पू  विभागले चार/पाँच बर्षदेखि शहीद कप आयोजना गर्दै  आइरहेछ| त्यसर्थ यस बर्ष पनि आगमी सितम्बर १२/२०११ को दिन आइतबार सम्म आफ्नो-आफ्नो दल प्रवेश गरिदिनु  हुन समिति सभापति बुद्ध थापा (७४०७०६९५१७) सचिव प्रवेश गुरुङ(९७३४०२६७३४ ) लाई सम्पर्क गरिदिने समिति हार्दिक अनुरोध गर्दछ | उक्त शहीद कपको प्रवेश शुल्क रु० ५०१ रहेको छ | यस लात्ते भकुण्डो प्रतियोगिता नक आउटको बिजयी दललाई शहीद कप ट्राफीको साथमा नगद राशी २०,००० अनि पराजय दललाई रु० १०,००० पुरस्कारको रुपमा दिने जानकारी समितिको पक्षमा बुद्ध कुमार थापा ९७७५८२१०२२ ले जानकारी गराएको छ | शहीद कप आगमी १८ सितम्बर २०११ अपरान्ह १ बजे देखि शुरु हुने समितिले निर्णय गरेको छ | इच्छुक फुटबल  खेलाडी दल \हरुले यथा सिग्रह सम्पर्क गरिदिने बिशेष अनुरोध गरेको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.