रोंगो सिन्कोना स्मोक हाउस (Rongo Cinchona Smoke House)को उदघाटन

MUNGPOO(मंग्पू ) २१ अगस्त/केशर मोक्तान : रोंगो सिन्कोना बगानमा कुइनाइनको खेती संग - संगै विभिन्न औषधिमुलक पौदाहरु लगाउने कार्य युद्ध स्तरमा भइरहेको सिन्कोना बगान निर्देशक डा० ज्ञानचन्द्र सुब्बाले बताएका छन् | यसरी मंग्पू  अनि रोंगोमा रबरको खेती धेरै वर्ष अघि देखि गर्दै आइरहेको छ |
मंग्पूमा रबर खेती उती उत्तम नभएता पनि रोंगो सिन्कोना बगानमा भने यसको खेती राम्रो संग भइरहेको छ | १९९३ सालमा सिन्कोना बगान भूतपूर्व व्यवस्थापक बी० एन० प्रधान द्वारा रोंगो सिन्कोना बगानमा रबरको खेती प्रथम पल्ट शुरु गरिएको थियो भने अहिले त्यस क्षेत्रमा रबरको खेती बृहत रुपमा भइरहेको कारणले गर्दा विभिन्न कम्पनीहरुले यहाँबाट रबरको पाउडर किन्न शुरु गरेको छ | हालमा रोंगो सिन्कोना बगानको १३२ ऐकार जमीनमा यसको खेती भइरहेको छ | गत वर्ष २०१० अनि २०११ गरेर यहाँबाट जम्मा १४ टन रबर बिक्री गरिएको थियो जसको मूल्य २७ लाख जति रहेको सिन्कोना बगान निर्देशकले जनाएको छ | यसरी आगमी वर्ष यहाँको रबरलाई अझ बृहत रुपमा खेती गरेर ३५ लाख भन्दा माथि मूल्यमा बिक्री गर्ने सरकारको योजना रहेको छ | रोंगो सिन्कोना बगानमा रबरको पहिलो कारखाना (स्मोक हाउस ) १९९३ मा निर्माण गरिएको थियो भने हालैमा १९ अगस्तको दिन फेरि दोश्रो रबर कारखानाको उदघाटन भूतपूर्व व्यवस्थापक बी० एन० प्रधानको बाहुलीबाट गरियो | त्यस कार्यक्रममा सिन्कोना बगानका भूतपूर्व व्यवस्थापक बी० बी० बस्नेत, एन० एन० प्रधान,बी० माझी लगायत सिन्कोना बगान निर्देशक डा० जी० सी० सुब्बा अनि मंग्पू – रोंगो – मन्सोंग सिन्कोना बगानका व्यवस्थापक साथै सह- व्यवस्थापक उपस्थित थिए |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.