Mungpoo(मङ्पू) ५ सितम्बर; डी.के वाइबा : मङ्पू रवीन्द्र संग्राहयमा विद्युत जडान अनि रात चौकिदारको नियुक्ती गने उत्तर बंगाल बिकास मन्त्री गौतम देवले दिएको आश्वासन आजसम्म पुरा भएको छैन । गत ८ अगस्तको दिन विश्व कवि रवीन्द्र नाथको ७२ औँ पुण्य तिथिको अवसरमा मुख्य अतिथिका रुपमा मङ्पू आइपुगेका मन्त्री देव रवीन्द्र संग्राहयको अवस्था देखेर खुबै चिन्ता व्यक्त गरेका थिए । उनले संग्राहलयमा विश्व कविसित जडीत
मूल्यवान बस्तुहरुको संरक्षण गर्न तत्काल सिलगडीका अतिरिक्त जील्ला शाषकलाई निर्देश पनि दिएको थियो । उक्त दिन मन्त्री देवले संग्राहयमा आजसम्म बिजुली बत्ती तथा रातचौकिदार नभएकोमा आश्चर्य व्यक्त गर्दै आगामी ७ दिनभित्रै बिजुली जोड्ने अनि रात चौकिदार नियुक्ती गर्ने घोषणा गरेता पनि उक्त घोषणा आज महीना दिनसम्म पनि कार्य रुपमा परिणत भएको छैना । उनका घोषणाले हर्षित
भएका जनताहरु आज उनिमाथि नै शंका गर्न थालेका छन् । कार्यक्रममा सबैलाई मख्ख पार्ने मन्त्रीले अब कहिले आफ्नो घोषणा पुरा गर्नेहुन् भनि हाल सबैले प्रश्न गरिरहेका छन् । उक्त विषयमा रवीन्द्र संग्राहलयमा कार्यरत कर्मचारी शिशिर रावतलाई प्रश्न गर्दा आजसम्म कुनै लिखित जानकारी नआएको बताए ।
Post a Comment
We love to hear from you! What's on your mind?