मंग्पू/५सेप्टेम्बर/केशर मोक्तान : स्थानीय कस्तुरी एम० एस० के० का प्रधान अध्यापक देवदास राईको सभापतित्वमा शिक्षक दिवस पालन गरियो | कार्यक्रममा अतिथिको रुपमा किशन छेत्री (कार्यकारिणी सदश्य ) लगायत यसै विधालयका भूतपूर्व छात्र वर्तमान सन्त मंगल एकाडेमीका शिक्षक दुष्यन्त रामुदमु पनि उपस्थित थिए |
कार्यक्रमको प्रारम्भमा सभापतिले दीप जलन गरि खादा अर्पण गरेपछि शिक्षकगण लगायत विध्यार्थीहरुले डा० राधा कृष्णनको तस्वीरमा खादार्पण गरे भने आफ्नो सम्पूर्ण शिक्षकहरुलाई आजका अतिथि दुश्यांत दुष्यन्त रामुदमु साथै अप्सरा छेत्रीले आ- आफ्नो पक्षबाट खादा अर्पण गर्दै पाउ स्पर्श गरेर शिक्षकहरुको सम्मान गरे | जितें गुरुङ द्वारा संचालित कार्यक्रममा विध्यार्थीवर्गले गीत,नृत्य साथै रोचक कविता प्रस्तुत गरे |
कार्यक्रममा स्वागत भाषण सुवाश्ना छेत्रीले राखिन् त्यसपछि वक्तव्यको रुपमा शिक्षक दिवस बारे देवदास राईले प्रकाश परे | यसरी नै संचालन समितिको पक्षबाट किशन छेत्रीले पनि विध्यार्थीलाई पदाई प्रति सजग बस्ने सुझाउ राखे | यसै क्रममा विध्यालयको शिक्षक हर्क राई द्वारा विध्यालय भवनको सोचनीय अवस्था रहेकोले पठन- पाठन कार्यक्रममा आइपरेको अफ्ठ्यारो सम्बन्धि आफ्नो मन्तव्य राखे | शिक्षक दिलिप शर्माले पनि एम० एस० के० सम्बन्धि अनि २१ सौ शताब्दीमा पनि केही शिक्षाबाट बन्चित रहन गए समाज,विध्यालय र देशलाई कलंक लाग्ने कुरो बताए | यसरी नै विध्यालय,शिक्षक,विध्यार्थी साथै संगीतको महत्व बारे क्रमैले शिक्षक श्याम कुमार सिन्गौरे, शिक्षक मणि राई अनि शिक्षिका उमा भुजेलले आ- आफ्नो मन्तव्य राखे |
नवौ अनि दशौ श्रेणी द्वारा आयोजित कार्यक्रममा सम्पूर्ण शिक्षकलाई उपहार प्रदान गरियो भने सभापति देवदास राईले आफ्नो सम्बोधनमा आज नै राज्यपाल पश्चिम बंगाल सरकार द्वारा शिक्षक सम्मानले सम्मानित हुनु हुने मंग्पूका राजमान धुरा एस० एस० के० का प्रधान अध्यापिका प्रेममाया गुरुङ साथै पुबुंग एम० एस० के० का प्रधान अध्यापक सुबास सुब्बालाई कस्तुरी परिवार साथै मंग्पूबासीको पक्षबाट यस कार्यक्रम मार्फत बधाई संदेश प्रसारित गर्नु भयो | अन्तमा विध्यार्थी अभिषेक छेत्री द्वारा धन्यबाद ज्ञापन गरेपछि कार्यक्रम समापन भयो |
Post a Comment
We love to hear from you! What's on your mind?