जीटीए बिजय उत्सव मनाएको २४ घण्टा बित्न नपाई पहाडका बिपक्षी पार्टीहरुको बिरोध

कालेबुङ ७ सितम्बर; डी.के वाइबा:गोजमुमोले जीटीएको बिल पारित भएकोमा बिजय उत्सव मनाएको २४ घण्टा बित्न नपाई पहाडका बिपक्षी पार्टीहरुले बिरोध जनाएको छ । आज जीटीएको बिरोध गर्दै गोर्खालीग पार्टी नेता प्रताप खातीले मोर्चाको खोइरो खन्न चुकेनन् । जीटीएको बिरोध गदै लीग नेता प्रताप खातीले यसले भारतभरि छरिएर बसेका गोर्खाहरुको अस्तित्व बोक्न नसक्ने दाबी गरे । मेर्चाले पालन गरेको बिजय उत्सव औचित्य बिहिन
 रहेको खातीले दाबी गरे । उनले के गोर्खाल्याण्डको मुद्दा बंगाल सरकारलाई बिक्रि गरेर बिजय उत्सव पालन गरेको भन्ने प्रश्न गर्दै बिजय उत्सव गोर्खाल्याण्ड गठन भएर मात्र मनाउँदा सार्थक हुने दाबी गरे । मोर्चाले तराई डुवर्सका जनतालाई धोखा दिएको आरोप लगाउँदै हाई पावर कमिटिको रिपोर्ट नआई चुनाव गराउँने कुरा सत्ताको लोभ हो भनि गोर्खालीग नेता खातीले दाबी गरे । मोर्चाले २ सय
 करोड रुपियाँको लोभमा गोर्खाल्याण्ड मुद्दा बेचेको आरोप लगाउँदै यसको जनकाले बिरोध गर्नु पर्ने आह्वान पनि गरे । अर्कोतिर पिपल्स फोरमका सचिव प्रवीण गुरुङले पनि मोर्चाले जनतालाई धोखा दिएको आरोप लगाए । गोजमुमोले संवैधानिक ग्यारण्टी नभएको जीटीए थापेर जनतालाई लट्टाएको गुरुङले आरोप लगाए । घिसिङ ल्याउन लागेको संवैधानिक ग्यारेण्टी भएको छैटौँ अनुसूचिको बिरोध गर्ने
 गोजमुमोले आज किन असंवैधानिक जीटीए थापेर बिजय उत्सव पालन गरेको भन्दै यसको चारेतिर बिरोध हुनपर्ने तिनले बताए । अर्कोतिर गोरामुमो (सी)का नेता कर्णल डी के प्रधानले पनि जीटीएको बिरोध गरे । उनले मोर्चाले ४४ महिना आन्दोलन गरेर जनतालाई किन धोखा दिएको भनि प्रश्न तेर्साए । प्रधानले गोजमुमो पार्टीले जनताको भविष्य सित खेलवाड गरेको पनि आरोप लगाए । अर्कोतिर अब मोर्चले जनताले
 ढाँट्ने काम होइन सत्य कुरा बताउँनु पर्ने माग पनि गरे ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.