सिन्कोना बगान श्रमिकवर्गको २१०० बोनस दशैँ अघि नै पाउने

मंग्पू /७ सेप्टेम्बर/केशर मोक्तान : दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन प्रतिनिधि टोली अनि बगान निर्देशकको सतप्रयाशमा यस पल्ट दशैँ भन्दा अघि नै सिन्कोना बगान श्रमिकहरुको २१०० रुपियाँ बोनस पाउने भएको छ | यो जानकारी सिन्कोना निर्देशकले दिएका छन् | राज्यका हर्टिकल्चर विभागका मन्त्री अनि सचिवसित दा०त०डु०प्ल०ले०यु० प्रतिनिधि टोली अनि कालेबुंग र खर्सांगका दुई विधायकले भेटेर बगान श्रमिकवर्गको समस्याको निम्ति बारम्बार बैठक गरेपछि नै बोनस बढोत्तरी भएर पाउने भएको छ | गत वर्षसम्म बगानका श्रमिकहरुले एक हजार रुपियाँ मात्र बोनस पाइरहेको थियो भने यस विषयमा केही दिन अघि मात्र कोलकातामा राज्यका हर्टिकल्चर एवम खाद्य औ प्रकरण विभाग मन्त्री अबुहिमा सित भेट गरेर दा०त०डु०प्ल०ले०यु० लेबगान श्रमिकहरुको बोनसमा ८.३३ प्रतिशत गरेर दिने माँग राखेका थिए  भने ८.३३ प्रतिशत गरेरै यो वर्ष सरकारले दिन नसकेतापनि श्रमिकवर्गको बोनसमा यसपल्ट गतवर्ष को तुलनामा ११ सय रुपियाँ वृदि भएको छ | यसरी नेपालीहरुको महान चहाड दशैँ अघि नै २१०० रुपियाँ बोनस पाउने कुराले सम्पूर्ण सिन्कोना बगान श्रमिकवर्गहरुमा खुशीको लहर छाएको छ | 
अर्कोतिर युनियन पक्षबाट मन्त्रीलाई श्रमिकवर्गको बेसिक पे १९८८ साल देखि यता वृदि  नभएको र यसमा पनि चाडै बढोत्तरी हुन पर्छ भन्ने माँग कसेको छ अनि यस विषयमा पनि सरकारले पहल चाल्न शुरु गरिसकेको जानकारी निर्देशकले दिएको छ | अब चाडै नै श्रमिकहरुको बेसिक पे २१ रुपियाँ ६२ पैसा बाट बडेर १ सय २७ रुपयाँ हुनेछ भने बगान श्रमिकहरुको दैनिक हाजिरी १ सय ६० रुपियाँ भन्दा माथि हुने जानकारी निर्देशकले दिएका छन् | यसै गरि श्रमिकहरुको दैनिक हाजिरी पनि सम्भवत १६० गरेर यस महिना भित्र नै पाउने जानकारी रहेको छ | निर्देशक जी० सी० सुब्बाले सिन्कोना कर्मचारीवर्गको बढ पैसा पनि दशैं अघि नै हुने बताउदै बगान श्रमिकहरुको समस्या लिएर आज फेरि निर्देशक कोलकाता प्रस्थान भैसकेको छ भने दा०त०डु०प्ल०ले०यु० सिन्कोना जोन सचिव गगन राई अनि सभापति गोपाल रुचाल पनि केही दिन अघि मन्त्री सित बैठक गर्न कोलकातानै गएको थाहा लागेको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.