बिश्व कवि रविन्द्रनाथ ठाकुरले चार पल्ट मंग्पू आई १९४० सालमा जन्म दिन सम्म मनाइसकेको हो | उनकै स्मृतिमा स्थापित रविन्द्र संग्राहलयलाई पनि आइतबार साँझमा आएको भुइँचालोले आंशिक क्षति पुराएको छ |
मंग्पूको एकमात्र पर्यटन स्थल उक्त संग्राहलयको निर्माण अंग्रेजको शासनकालमा भएको जानकारी संग्राहलयका इनचार्ज शिशिर रावतले दिएका छन् | केही महिना अघि मंग्पू भ्रमणमा आएको उत्तर बंगालका बिकाश मन्त्री गौतम देवले यसलाई वर्ल्ड हेरिटेजमा गाभ्न पर्ने घोषणा गर्दै चाडै नै यस संग्राहलयको निरिक्षणको निम्ति रात चौकीदार नियुक्त गर्ने र एक सप्ताह पछि बिधुत जडान गर्ने बचन दिएता पनि आज सम्म संग्राहलय अँध्यारो नै रही आएको छ | हालसम्म सिन्कोना बगानबाट नै मासिक चालिस हजार रुपियाँ खर्च गरेर बगान श्रमिक कर्मचारीले नै यसको देखरेख गरिरहेका छन् | मन्त्री गौतम देवले चाडै नै संग्राहलयलाई देख रेखको निम्ति सरकारको कुनै पनि विभागमा गाभ्ने घोषणा गरेतापनि आज पर्यन्त मन्त्रीको बचन पुरा हुन सकेको छैन | फेरि विनाशकारी भुइँचालोले क्षति पुराएको रविन्द्र संग्राहलयलाई कुन विभागबाट मर्मत गर्ने हो ? सबैको मनमा प्रश्न खटकिएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?