मंग्पू विभागमा अवस्थित चुली थुम्का शिव मन्दिर हिन्दु धर्मावलम्बीहरुको एक विशिष्ट मन्दिर हो| मंग्पूबासीको प्राचिन समय गोधुली साँझमा बृदा बोज्युले नाग्लोमा केही कुरा निफन्दै गरेको दृश्य दन्त्य कथा छ भने यसै गाउँबाट एउटा शंख उडेर गएको दन्त्य कथामा आधारित घटनाहरु गाउँका वृद -वृदा बताउँछन् | समयानुकुल जनसंख्या अनुसार त्यस पवित्र स्थानमा अपवित्र भएपछि यस्ता घटनाहरुको क्रममा पहिरो पनि गएको गाउँबासी बताउँछन् | आज त्यसै स्थानको शिखरमा शिव मन्दिर निर्मित छ | जहाँ बिहानै देखि झाँक्री वृद धर्मलाल गिरी पुजारीको रुपमा छन् भनी बुद्ध कुमार थापाले जानकारी दिएको छ | प्रत्येक वर्षको बुद्ध जयन्तीको अवसरमा भव्य पुजा चुली थुम्का शिव मन्दिर संचालन समितिको देखरेखमा हुने गर्छ | समिति, पुर्व पार्षद, धर्मावलम्बी , मंग्पूबासी अनि गोजमुमो अध्यक्ष बिमल गुरुङको सत्प्रयाशमा निर्माण भएको उक्त मन्दिरलाई अर्ध क्षति पुगेको छ | यस मन्दिरको पूर्ण स्यार तथा क्षति प्रति कसरी सुधार गर्न सकिन्छ भनी पुजारी धर्मलाल गिरी, समितिका शंखपाल थापाले चिन्ता व्यक्त गरेका छन् | भुइँचालोको कारण नव निर्मित मन्दिर परिसर, मन्दिरको केही भाग चर्किएकोले भक्तजनमा दुख अनुभव भएको जान्नमा आएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?