लेप्चा अधिकार आन्दोलन

कालेबुङ 5 सेप्टेम्बर।छेवाङ योन्जन:   बंगालकी मुख्या मन्त्री  ममता बेनरजीको मौखिक आशवासनमा नै लेप्चाहरुले आफनो क्रमिक धरणा कार्याक्रम फिर्ता लिएको  छ। पहाडको लेप्चा समुदायको आर्थीक,भषिक अनि सांस्कृतिक विकाशको मुद्धा लिएर आन्दोलनरत  रहेको लेप्चाहरुले सरकार  पक्षाको मौनता तोडन गत केहि दिन अघिदेखि अनिश्चितकालिन धरणा शुरु गरेको थियो। आफुहरुले उठान गरेको मुद्धा सम्बन्धी मुख्या मन्त्रीले लेखितरुपमा कुनै प्रकारको आशवासन नदिएसम्मा क्रमिक धरणा दिने क्रार्यक्रम यथावत राखने लेप्चाहरुले घोषणा गरेका थिए। तर सोम्बार मुख्या मन्त्री आवासमा पुगेका लेप्चा प्रतिनिधिहरुले ममता बेनरजीको मौखिक आशवासनमा नै लेप्चा अधिकार आन्दोलन स्थगित गर्ने निर्णय लिएका छन । सोम्बार कलकता पुगेका लेप्चा प्रतिनिधिहरुले कलेबुङमा जारी रहेको क्रमिक धरणा फिर्ता लिने घोषणा गरे पछि तत्कालै आफुहरुले क्रार्याक्रम फिर्ता लिएको लेप्चा अधिकार आन्दोलनका सचिव पी टी लेप्चाले जानकारी दिएका छन। मुख्या मन्त्रीको मौखिक आशवासनमा आफुहरु सन्तोष रहेको , लेखेर दिएको अनि मुखले भनेको एउटै रहेको बताउँदै सचिव पीटी लेप्चाले पहाडमा लेप्चा विकाश परिषद गठन गरिनु पर्ने आफुहरुको मागलाई मुख्या मन्त्रीले स्वीकार गरेकोमा खुशी व्याक्त गर्दै लेप्चा विकाश परिषद गठन भए पछि पहाडको लेप्चाहरुको आर्थीक, भाषिक अनि संस्कृतिक विकाश आफै भएर जाने उनले थपे। आफुहरुको मुद्धा सम्बन्धी बाह्र पृष्टको खेस्रा अधिबाटै मुख्या मन्त्रीलाई बुझाएको जनाउँदै सचिव पीटी लेप्चाले सो सबै मुख्या मंत्रीले स्वीकारेकोमा आशा व्यक्त गरेका छन। आज पत्रकारहरु संग कुराकानी गर्दै उनले विगतको वाममोर्चा सरकारले पनि लेप्चा जातिको मांगहरु स्वीकार गरेको तर अभाग्यावंश सत्तामा आउन नस्कदा सो पुराहुनु नसकेको बताए। आगमी 2012 को फरवरी महिना देखि शुरु हुने नँया एकादेमी सेसनमा प्रतेक विधालयहरुमा लेप्चा भाषामा पदाईने उनले दावी गरेका छन। यता लेप्चा युथ एशोसिएशनका प्रतिनिधि तसुथिङ लेप्चाले पनि मुख्या मन्त्रीलो आशवासनमा आफुहरु निर्भर रहेको बताउँदै मुख्या मन्त्री जुन जुन कुराको आशवासन दिएका थिए सो प्रया सबैनै पुरा गरिदिएको अनि लेप्चा विकाश परिषद गठन गनिदिने आशवासन दिएपछि आफुहरुको अन्य दुई वाट मांग पनि स्वीकार भएको ठान्ने बताएका छन। गत नौ अगस्त देखि लेप्चा हरुले तीन बुदे मुद्धा लिएर सडक आन्दोलन शुरु गरेका थिए । बिभिन्न प्रकारको नाराबाजी , धरणा अनि जुलुश क्रार्याक्रम गरि सक्दा समेत लेप्चा अधिकार आन्दोलन प्रति सरकारले उचित चासो नदेखाए पछि सोम्बार बंगालकी मुख्या मन्त्री ममता बेनरजी संग भेटघाट गर्न लेप्चा प्रतिनिधिहरु कलकता पुगेका थिए।
Read latest post filed under political news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.