विधान सभामा जी० टी० ए० बील पारित - मंग्पूमा विजय उत्सव
मंग्पू /६ अगस्त/केशर मोक्तान : पश्चिम बंगाल सरकारले जी० टी० ए० विधेयक शुक्रबार विधान सभामा पारित गरेपछि जीटीए क्षेत्र भरि खुशीको लहर छाएको छ | यसै क्रममा आज जीटीए क्षेत्रमा हर्षोल्लासको साथ विजय उत्सव पालन गरे | आज मंग्पूमा पनि गोजमुमो मंग्पू जोनको आयोजनामा भब्य विजय उत्सव पालन गरियो | मोर्चा मंग्पू जोन सचिव रतन लामाबाट पटका पड्काएर शुरुवात गरेपछि नारी मोर्चा,युवा मोर्चा,जीपीटीओ,विध्यार्थी मोर्चा,कर्मचारी संगठन र अन्य भात्रि संगठनका कार्यकर्ताहरुले नाली डाडा देखि रेशेप बजार कटुवाल गोलाई हुदै सोही स्थान सम्म एक रयाली निकाले | रयाली नाली डाडा आइपुगे पछि एक पथ सभामा परिणत भयो | गोजमुमो मंग्पू जोन उपध्यक्ष जी० बी० राईको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै मंग्पू जोन सचिव रतन लामाले जीटीए बील बिधान सभामा पारित भएकोमा हर्ष प्रकट गर्दै जीटीएको बिषयमा दुई चार शब्द राखे | अधिकारिक रुपमा सिन्कोना जीटीए भित्र भएको घोषणा नभएतापनि आज मोर्चा जोन सचिव रतन लामाले सिन्कोना जीटीए भित्र पसिसकेको कुरो बताउँदै हालमा पनि बगान श्रमिकहरुको धेरै वटा समस्या लिएर दातडुप्ललेयु प्रतिनिधि टोलि अनि युनियन सचिव गगन राई कोलकोताको बिकाश भवनमा मन्त्रीहरुको साथमा बैठक गरिसकेको बताए | सचिव लामाले गोजमुमो अध्यक्ष बिमल गुरुङले केन्द्रिय विश्व विधालय पनि मंग्पूको हावाघर डाडा माथि २०० ऐकर जमिनमा हुने कुरो बताइसकेको सभामा सबैलाई अवगात गराए | युवा मोर्चा प्रमुख सलाहकार प्रदीप छेत्रीले संचालन गरेको सभालाई सम्बोधन गर्दै मंग्पू जोन प्रवक्ता दिपक भारतीले जीटीए लाई गोर्खाल्याण्डको निर्माण गर्ने बलियो आधार मान्न सकिन्छ भन्दै गोजमुमो पार्टी होइन एउटा मन्च हो भनी बताए | घिसिंगलाई बिगार्ने पनि घाम लाग्दा निस्कने सापहरु हो र यस्ता साँपहरुले कुनै पनि संगठनलाई बिगार्न सक्छ र यस्ता साँपहरुदेखि सबै सतर्क बस्ने कुरो बताए |
Post a Comment
We love to hear from you! What's on your mind?