मंग्पू राजमान धुरा एस० एस० के० प्रधान अध्यापिका प्रेममाया गुरुङलाई पश्चिम बंगाल सरकारबाट शिक्षा रत्न पुरस्कार

मंग्पू  राजमान धुरा अनि घोडावाल धुराका प्रत्येक ग्रामबासीले देखेको सपना अनि स्वर्णिम कल्पना यहाँ आएर पुरा भएको अनुभव गरेका छन्  जब राजमान धुरा शिशु शिक्षा केन्द्रको प्रधान अध्यापिका सुश्री प्रेममाया गुरुङको शिक्षा सेवा प्रतिको लगनशिलता अनि निष्ठापूर्वक सेवाको कदर गर्दै पश्चिम बंगाल सरकार द्वारा शिक्षक दिवसमा " शिक्षा रत्न पुरस्कार "ले सम्मानित गर्यो जो हिमालय दर्पण नेपाली पत्रिकामा पनि प्रकाशित भएको थियो |
इतिहास केलाउँदा पाठशालाको स्थापना कालमा पाठशाला संचालन गर्न गाउँका सहयोगीहरुले दुध साथै प्रत्येक परिवारबाट रुपियाँ ५०/- उठाइने गरिन्थ्यो भन्ने जानकारी बुद्ध कुमार थापाले दिएको छ | यस पाठशालाको स्थापना १९८२ सालमा भएको थियो त्यस समय देखि पाठशालालाई नन - फर्मल भनेर १९९८ सालसम्म परिचित भएको जानकारी छ | त्यस पश्चात १९९९ देखि राजमान धुरा एस० एस० के० भनेर परिचित रह्यो | १९८२ साल देखि १९९८ सम्म पाठशाला संचालन समितिका सभापति भक्त बहादुर मंगर ,सचिव दिलकुमार गुरुङ तथा अन्य - अन्या थिए | पछि एस० एस० के० भए पछि संचालन समितिमा सभापति बिर बहादुर गुरुङ ,सचिव किशोर थापा थिए भने बर्तमान सभापति कमल कुमार छेत्री , सचिव किशोर थापा छन् | बिगत सालमा भएको  स्नातक परिक्षामा पनि यस पाठशालाको विध्यार्थीहरु रहेको थियो | पुरानो पाठशाला रिखे डाडामा अवस्थित थियो भने हालमा श्रमदान अनि पार्षद कोषको सहयोगमा केही वर्ष अघि बनाइएको पाठशाला फेरि जीर्ण अवस्था मै पुगेको छ | यस शिक्षा केन्द्रमा जम्म ४० जना विध्यार्थीहरु शिक्षा आर्जन गरिरहेको छ तथा केन्द्रमा प्रेममाया गुरुङ,मेघबाला लामा अनि बिष्णुमाया गुरुङ (मुखिया ) ले शिक्षा प्रदान गरिरहेको छ भन्ने एक बिज्ञाप्ती बुद्ध कुमार थापाले दिएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.