खोई दार्जीलिङका सांसद जस्वनत सिंह ?

कालेबुङ २१ सितम्बर : डी के वाइबा :-दार्जीलिङ लोकसभा समष्टी क्षेत्रबाट रेकर्ड भोट पाएर बिजय बनेका गोजमोमु समर्थित भाजपा सांसद दार्जीलिङ पहाडलाई भुँइचालोले क्षतिग्रस्त पर्दा समेत छैन । मोर्चाले दाबी गरेको हेभिएट नेता आपद पर्दा खोइ ? भन्ने प्रश्नले अहिले चारैतिर कौतुहल छाएको छ । बंगालका मुख्य मंत्री ममता ब्यानर्जीले खर्साङको परिभ्रमण गरेर फर्किसकेका छन भने अर्कोतिर माल्दाका सांसद पनि परिभ्रमण गरिसकेका छन । सोही क्रममा बुधवार जेल मंत्री शंकर ब्यानर्जीले लगायत माकपा पार्टीका नेताहरुले पनि कालेबुङ्को परिभ्रमण गरेर फर्किसकेका छन । तर यहाँकै जनताको भोट पाएर बिजय भएका सांसद जसवन्त सिंहको भने कुनै पत्तो समेत छैन । भुँइचालोले पहाड त्रस्त हुँदा समेत सांसदको मोनताले अनेक प्रश्नहरु खडा गरीदिएको छ । सोही बिषयमा गोजमुमो नेता डा हर्क बहादुर संग प्रश्न गर्दा सांसद सिंह यस आपद्को समयमा यहाँ हुनुपर्ने रहेको बताए । सिंहलाई यहाँकै जनताले बिजय बनाएको कारण पनि उपस्थिती अनिवार्य रहेको बताए । हाल उनी दार्जीलिङका जनता सामु नभएता पनि गोजमुमोले तीनलाई केन्द्रमा आवज उठाँउन दबाव दिने बताए ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.