भुइँचालो पिडित क्षेत्रहरुको जानकारी लिन माकपा नेताहरु कालेबुंगमा
कालेबुंग डी० के० वाइबा :-भुइँचालो पिडित क्षेत्रहरुको जानकारी लिन माकपा नेताहरु आज कालेबुंग आइपुगे | सात जनाको टोली रहेको उक्त माकपा नेताहरुमा राज्य सभा सांसद श्यामल चक्रवर्ती , काल्चिनीका सांसद मनोहर तिर्की, सिलिगुडीका सांसद प्रबोध चक्रपाण्डा ,महकुमा परिसद सिलिगुडीका सभाधिपति पास्कल मिन्स अनि कोलकाताका विधायक खगेन्द्र मुर्मु अनि गोविन्द रोय रहेका थिए | यस उपस्थित टोलीमा यहाँका माकपा नेता तारा सुन्दाशको पनि उपस्थिति रहेको थियो | उनीहरुले पी० डब्ल्यु० डी० को अतिथि ग्रिहमा महकुमा अधिकारी एल० एन० शेर्पासित बैठक गरेर कुराकानी गरे | महकुमा अधिकारीबाट उनीहरुले कालेबुंग महकुमा क्षेत्र भरि भुइँचालोले पारेको क्षतिहरु बारे जानकारी लिए | सोही क्रममा टोलीले यहाँको छोटा भालुखोप स्थित गाउँको पनि परिभ्रमण गरेर गरेर जानकारी लिए | छोटा भालुखोपको भ्रमण पश्चात उक्त क्षेत्र खतरामा रहेको अनि मानिसहरु धेर जसो श्रमिक र कृषक रहेको कारण ती मानिसहरु खण्ड अधिकारी शरणाहिता भौमिकलाई शिग्रह सय दिने रोजगारको कार्य संचालन गरिदिने पनि अपिल गरे | मनोहर तिर्किले पत्रकारहरु संग कुराकानी गर्दै भुइचालोले क्षेत्रमा पुराएको क्षति बारे केन्द्रमा आफ्नो पक्षका मन्त्रीसंग कुरा उठाउने बताए |
Post a Comment
We love to hear from you! What's on your mind?