कालेबुङ 4 नोभेम्बर ; डी के वाइबा- गोजमुमो अनि आदिबासी बिकास परिषद माझ भएको सम्झौतालाई भगोपले स्वागतयोग्य बाताएको छ। भागोप कालेबुङ जोनका अध्यक्ष प्रभाकर देवानले भने जुन सुकै कुराको निम्ति आदिवासी विकास परिषद्सित मोर्चाले सम्झौता गरेको होस्, त्यतातिर नहेरेर छुट्टैराज्यको सवाललाई हेर्दा मोर्चाले स्वागतयोग्य काम गरेको बताएका छन्।तराई र डुवर्सका केही गोर्खा बाहुल क्षेत्र मात्र जीटीएमा हाल्ने कुराको विरोध गर्दै आइरहेको भागोपलाई अहिले तराई र डुवर्सका सम्पूर्ण क्षेत्र नै प्रस्तावित गोर्खाल्याण्ड राज्यको मानचित्रमा पस्ने कुरालाई सकरात्मकरुपले लिएको छ। प्रभाकर देवानले भने, तराई र डुवर्स बिना छुट्टैराज्य सम्भव छैन। मोर्चाले जुन सम्झौता आदिवासी विकास परिषद्सित गरेको छ, यो स्थायी सम्झौता होस् भनि बताए। यसमा कही पनि विचलन नआओस्। भविष्यसम्म नै यो सम्झौता कायम होस् किन भने यो सम्झौताले छुट्टैराज्यको सावलमा धेरै नै सहयोग पुर्याउँछ भनि जनाए। तिनले यो सम्झौताले कतै पनि छुट्टैराज्यको मागलाई असर नगर्ने बरु सहयोग पुर्याउने पनि जनाएका छन्। तिनले तराई र डुवर्सका आदिवासीहरूले पनि समयोचित कदम उठाएको बताएका छन्। तिनले भने, सिमाङ्कनको कुरामा रैथानेहरूको इच्छा नै चुडान्त हुन्छ। अरू राजनैतिक दलहरुले जे जस्तो टिप्पणी दिइरहेको भए पनि सरकारले रैथानेहरूको निर्णयलाई नै प्रमुखता दिनुपर्छ भने। आबिप नेताहरु क्षेत्रीय नेताहरु हुनुको साथै उनीहरुको समर्थनमा स्थानीय मानिसहरुको सहयोग हुने कारणले पनि उक्त सम्झौता सकारात्मक रहेको पनि तिनले जनाए।
" गोजमुमो अनि आदिबासी बिकास परिषद माझको सम्झौता स्वागतयोग्य " -भगोप
05Nov2011
Post a Comment