नगरपालीका चुनाव हुनु भन्दा पहिले पञ्चायत चुनाव हुनुपर्ने क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीको जोड

कालेबुङ, 4 नोभेम्बर: डी के वाइबा- क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले अहिले नै नगरपालीका चुनाव हुनु भन्दा पहिले पञ्चायत चुनाव हुनुपर्ने कुरामा जोड दिएको छ। पञ्चायत चुनाव नभएको कारण अहिले ग्रामीण क्षेत्रका मानिसहरुलाई समस्या उत्पन्न भइरहेको बताउँदै नगरपालीका चुनावलाई मात्र महत्व दिनु नहुने पनि बताए। क्रामाकपा कालेबुङ आञ्चलिक समितिका सचिव मोहन पौड्यालले उक्त माग गर्दै पञ्चायत चुनाउ नगरेर नगरपालिका चुनाउ मात्र गर्नु व्यापारिक वृतिको नमूना रहेको बताए। तिनले यसै क्रममा गोजमुमो प्रति पनि आरोप लगाउँदै गोर्खाल्याण्डको मुद्दालाई ब्यापार अहिले ब्यापार बनाएको पनि बताए। तिनले मोर्चाको कार्य पद्दतीमाथि टिप्पणी गर्दै पहिले गोर्खाल्याण्ड भनेर अहिले जीटिए र जी एण्ड एटीएमा आइपुग्नुमा के रहस्य लुकेको छ भने। मोर्चा जीएण्ड एटीएसम्म आइपुग्दा गोर्खाल्याण्ड शब्दलाई व्यापार बनाइसकेको स्पष्ट हुन्छ भनि आरोप लगाए। तिनले नगरपालिका चुनाउमाथि विचार माग्दा भने, यो बङ्गालको खेल हरहेको आरोप लगाएमोर्चालाई पहाडमा आफ्नो शक्ति कायम राख्न पैसा चाहिने बताउँदै त्यो नगरपालिकाले मात्र पुरा गर्न सक्छ भने। यदि यस्तो होइन भने 75 प्रतिशत जनता ग्राम पञ्चायतमा बस्छन्‌, त्यसको चुनाउ किन हुँदैन? अब सीमाङ्‌कनको कुरा पनि रहेन। अब त पञ्चायतको चुनाउ हुनुपर्ने। तर मोर्चाले ग्राम पञ्चायतका 70 प्रतिशत जनतामाथि शासन गर्नको निम्ति नै केवल नगरपालिका चुनाउ गरिरहेको छ। तिनले बताए अनुसार  न त सरकारले जनताको असुविधालाई हेरिरहेको छ न त मोर्चाले।मोर्चालाई कतिबेला नगरपालिका आफ्नो कब्जामा लिउँ अनि जनतालाई सास्ती दिउँ भइरहेको पनि पौड्यालले बताए। तिनले भने, नगरमा प्रभुत्व जमाएपछि गाउँ बस्तीलाई आफ्नो अधीनमा राख्न नै मोर्चाले ग्रामीण जनतालाई वास्ता नगरी दलीय फाइदाको निम्ति नगरपालिका चुनाउ गरिरहेको छ। तर वास्तवमा नै पहिले ग्राम पञ्चायत चुनाउ हुनुपर्ने हो। गोर्खाल्याण्डको मुद्दालाई दलीय फाइदाको निम्ति  मोर्चाले प्रयोग गरिरहेको बताउँदै तिनले भने, मोर्चाले जनताको आकांक्षाप्रति कुठराघात गरेको छ। तिनी अनुसार ग्राम पञ्चायत चुनाउ 2006 देखि नै भइरहेको छैन। तर 2009 सम्म नगरपालिका भने मोर्चाको अधीनमा नै थियो। असुविधा ग्रामीणवासीलाई छ। उनीहरू आफ्ना सानोदेखि सानोसम्मको कुनै पनि कागजपत्र बनाउन सकिरहेका छैनन्‌। उनीहरूको निम्ति स्थापित पञ्चायतबाट कुनै पनि सुविधा पाउन सकिरहेका छैनन्‌। यसकारण चुनाउ नै गर्छ भने मोर्चाले ग्राम पञ्चायत चुनाउ गर्नुपर्छ भन्ने माग गरे। हाल पहाडका मानिसहरु पञ्चायत नभएको कारण आफ्नो कामकाजमा असुबिधा झेलिरहेको बताउँदै ग्रामीण स्तरका मानिसहरुको दुखेसो महत्वपूर्ण रहेको तिनले थप जनाए।
Read latest post filed under political news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.