मंग्पू क्षेत्रीय पुस्तकालयको आफ्नो निजि भवनको अभाव

मंग्पू /२५ नोभेम्बर/केशर मोक्तान : विभिन्न ज्ञानबर्धक पुस्तक पत्र -पत्रिका अध्यानले मानिसलाई धेरै ज्ञानबर्धक ज्ञानहरु मात्र नदिएर अन्यान्य जीवन प्रयोगी खुराकहरु पनि प्राप्त गरिरहेका छन् | त्यसर्थ सरकारले सम्पूर्ण मानिसहरुको इच्छा अनुसार पठन - अध्यायन गर्न सहज होस्  भन्ने उदेश्यले विभिन्न पुस्तकालयलाई सरकारी मान्यता दिई स्थापित गरेका छन् | यसै सन्दर्भमा मंग्पू एरिया लाइब्रेरी अंग्रेज शासनमा स्थापित भएको एक अति पुरानो कुइलेन कारखाना परिसर साथै रविन्द्र संग्राहलय एउटै भवनमा अवस्थित छ | उक्त संन्  १९५९  सालमा स्थापित भएको अति पुरानो अनि मंग्पूको धरोहरको रुपमा संरक्षण गर्न अति आवश्यक छ | बिगत कैयौ दशक अघि स्थापित उक्त मंग्पू  क्षेत्रीय पुस्तकालयमा धेरै सरकारी मजदूर , कर्मचारी तथा अधिकारीवर्गले पत्र - पत्रिका, पुस्तक अध्ययान गर्थे | तत्कालिन अधिकारीवर्गको सुविधाको निम्ति उक्त स्थानमा स्थापित गरिएको हो भन्ने बुझिन्छ | बर्तमान उक्त पुस्तकालयमा अतिरिक्त भारप्राप्त पुस्तकालय अध्यक्षको रुपमा शोभित शेर्पा तथा अन्य कर्मचारी गरि दुई जना कर्मचारीको रुपमा कार्यरत छन् | उक्त मंग्पू  क्षेत्रीय पुस्तकालयको आफ्नै दुख वेदना छ | यस पुस्तकालयको आफ्नै भवन तथा सुरक्षित स्थान हुन अति आवश्यक रहेको शेर्पाले बताएको छ भने केही महिना अघि ठुलो रुख ढलेर राविन्द्र संग्राहलय तथा संग्राहलयसित जडित मंग्पू  क्षेत्रीय पुस्तकालय क्षतिग्रस्त भएको थियो अनि उक्त स्थान पूर्ण मर्मति गरेतापनि पुस्तकालयको अध्यायन तथा पठन कक्षका टेबलहरु आज पर्यान्त क्षतिग्रस्त रहेको छ | विभिन्न पुस्तकहरु राख्ने सुव्यवस्थित तथा आधुनिक तकनिकी युक्त आलमारीहरुको व्यवस्था नभएको कारण पुस्तकहरु क्रमश: नस्ट भैरहेको देखिन्छ | जसलाई संग्रक्षण गरि मंग्पूको मर्यादा सम्झी संरक्षण तथा सहयोगको व्यवहारिक हातहरु अघि आउन अति जरुरी देखिन्छ , समस्त मंग्पूबासीको हितमा  | बिशेष उक्त पुस्तकालयको पुस्तक - पत्रिका अध्यायनको निम्ति नर्सरीदेखि कक्षा नवौदेखि उभोका लागी बार्षिक सदशयताको निम्ति वार्षिक २० रुपिया गरी वार्षिक सदश्य बन्न साथै अतिरिक्त भारप्राप्त पुस्तकालय अध्यक्ष शोभित शेर्पाले जनाएका छन्  | त्यसर्थ मंग्पूका हरेक सचेतवर्गले उक्त गौरवलाई बचाइ राख्न अति जरुरी देखिन्छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.