गोर्खा जनमुक्ति युवा मोर्चाको गोर्खाल्याण्ड आंदोलन घोषणालाई गोरनिमोको स्वागत

डी के वाइबा; कालेबुंग 25 नोभेम्बेर :
            छुट्टै राज्य गोर्खाल्यण्डको आन्दोलनलाई गोर्खा जनमुक्ती युवा मोर्चाले अघि बडाउने घोषणा गरेपछि गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा (गोरानिमो)ले स्वागत जनाएको छ। गोरानिमो प्रमुख दावा पाख्रीनले युवा मोर्चाको घोषणा स्वागतयोग्य रहेको बताउँदै युवा मोर्चाले सही समयमा सही निर्णय गरेको पनि बताए । तिनले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउन निस्केका दलहरु कुनै पनि हालतमा थाक्न नहुने पनि बताए । अहिले उत्तर प्रदेशलाई चारवटा राज्यमा बिभाजन गर्ने मुख्यमंत्री मायावतीको निर्णय पनि स्वागत योग्य रहेको बताउँदै यस निर्णयले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई पनि बल पुग्ने पनि पाख्रीनले बताए। अहिले आफ्नो पार्टीको कुनै कर्यक्रम नरहेको जनाउँदै हाला भागोपको सामुहिक नेत्रीत्वको आन्दोलनमा ध्यान केन्द्रीत रहेको पनि तिनले जनाए।
भारतमा गोर्खाहरुको जातीय अस्तित्व र राष्ट्रीय चिन्हारी केवल छुट्टै राज्य गोर्खाल्याण्डले मात्र बोक्न सक्ने दाबी गर्दै यसलाई प्राप्त गर्नको निम्ति सबै राज्नैतिक दलहरु एक हुनपर्ने पनि गोरानिमो प्रमुख दावा पाख्रीनले बताए। आज तेलेंगना राज्यको मागमा सम्पुर्ण राजनैतिक अनि गैरराजनैतिक दलहरु एक भएर आन्दोलन गरेको बताउँदै गोर्खाल्याण्ड राज्य गठनको निम्ति पनि सबै एक हुनपर्ने तिनले जनाए। आज गोर्खाहरु एक हुन नसकेको कारणनै गोर्खाल्याण्ड गठन हुन नसकेको दाबी गर्दै सबै एक भए कुनै पनि असम्भव नहुने पनि तिनले बताए।
            एकातिर युवा मोर्चाको घोषणालाई कसैले स्वागतयोग्य रहेको बताईरहेका छन भने कसैले यो मोर्चाको राजनैतिक चाल रहेको पनि बताइरहेका छन। अहिले घरी बजारमा युवा मोर्चाले आगामी दिसम्बर महीना देखि शुरु गर्ने आन्दोलनकै चर्चाले जोड पक्रेको छ। यस बारेमा मानिसहरुले राम्रो न्राम्रो दुवै प्रकारको चर्चाहरु गरिरहेका छन। यसै क्रममा पिपल्स फोरमले युवा मोर्चाको घोषणा गोजमुमो पार्टीकै राजनैतिक चाल रहेको बताएका छन। अहिले दार्जीलिंग पहाडमा जीटीए गठनमा बिलम्ब भएको कारण नै मोर्चाले नया रणनीति अप्नाएको पनि फोरमले आरोप लगाएको छ। फोरमका सचिव प्रवीण गुरुंगले आज कुराकानी गर्दै यदि गोर्खा जनमुक्ती युवा मोर्चाले गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँछन भने पहिले गोजमुमोले सम्झौता गरेको जीटीएकोको खेस्रा जलाउँनु पर्ने चेतावनी दिए। तिनले युवा मोर्चाले गर्ने आन्दोलन एउटा राजनैतिक षडयंत्र रहेको बताउँदै बाबुले गोर्खाल्याण्ड छोडेर जीटीएमा ह्स्ताक्षर गरेपछि छोराहरुले आन्दोलन गर्छु भन्नु हाँस्यस्पद कुरा रहेको पनि जनाए। युवामोर्चाले यदि इमान्दार पुर्वक आन्दोलन गर्छ भने पहिले जीटीएको खेस्रा जलाउँनु पर्ने सुझाव दिँदै यसो गरे आफुहरु पनि युवा मोर्चालाई साथ दिन सडकमा आउने बताए। अहिले जीटीए गठनमा बिलम्ब हुनको साथै उत्तर प्रदेशलाई चार राज्यहरुमा बिभाजन गर्ने कुराले पहाडमा मोर्चा बिरोधी शक्तिहरुको जन्म हुने डरले पनि युवा मोर्चाले गोजमुमोको निर्देशमा यस्तो घोषणा गरेको पनि तिनले आरोप लगाए। यो राजनैतिक षडयंत्र र्हेको बताउँदै जीटीए छिटो गठन गर्नको निम्ति यस्तो रणनीति अप्नाएको पनि तिनले जनाए। 
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.