फेरि तातियो दार्जीलिंग पहाडमा राजनैतिक हावा

डी० के० वाइबा: कालेबुंग 24 नोभेम्बेर :
दार्जीलिंग पहाडमा अब पुन: गोजमुमो पार्टीको भात्री संगठन युवा मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्ड्को आन्दोलनलाइ अघि बडाउँने घोषणा गरेपछि राजनैतिक हावा तातिने छाँट देखा परेको छ। युवा मोर्चाको आन्दोलनलाइ मोर्चा प्रमुख बिमल गुरुंगले पनि अघि बडाउँने निर्देश दिएको छ। मोर्चा प्रमुख गुरुंगको निर्देश पाएका युवा मोर्चा कार्यकर्ताहरुले आगमी 18 दिसम्बरमा मंग्पुमा हुने जनसभाबाट आन्दोलनको घोषणा गर्ने भएको छ। अबहुने गोर्खाल्यण्ड्को आन्दोलन क्स्तो हुने हो अहिलेनै भन्न नसके पनि यस घोषणाले पहाडको  राजनैतिक हावा तातिने स्पष्ट बनेको छ । घरि घरि बिसाउँदै गरिने आन्दोलनले के कति उपलब्धी हासिल गर्ने हुन त्यो पनि भविष्यकै गर्वमा लुकेको छ। यता युवा मोर्चा आन्दोलनलाइ अघि बडाउँन अहिले निकै उत्साहित देखिएको छ। गोर्खाहरुको जातिय असतित्व केवल छुट्टै राज्य गोर्खाल्यण्डले मात्र हुन सक्ने सोचेर नै युवा मोर्चाले अबको आन्दोलनमा निर्णायक भुमीका निर्वाहा गर्ने पनि युवा मोर्चाको दाबी रहेको छ। युवा मोर्चाले गर्ने आन्दोलनले छुट्टै राज्य गोर्खाल्याण्ड ल्याउने हो होइन तर गोजमुमोले सही गरेको जीटीएको सम्झौतामा भने निश्चयनै प्रभाव पर्ने छाँट देखिएको छ। बिगतमा पहाडको निम्ति गोर्खा राष्ट्रीय मुक्ती मोर्चा अध्यक्ष सुवास घिसिंगले छैटौँ अनुसुचीको निम्ति सम्झौता गरेको जस्तै कतै युवा मोर्चाको गोर्खाल्याण्ड्को आन्दोलनले पनि जीटीएको सम्झौतामा असर पार्ने होइन भन्ने पनि मानिसहरुले शका ब्यक्त गरिरहेका छन। पहाडको बिकाशको निम्ति गोर्खाल्याण्ड राज्य गठन नभएसम्म जीटीए थाप्ने मोर्चाले आजसम्म जीटीएकोको पुर्ण क्षमता पाउँन सकेको छैन। 19 जुलाइमा जीटीएको सम्झौता भएपछि पहाडमा यो तत्काल लागु हुने जस्तै उत्साह देखा परेको थियो तर, यसको आजसम्म राज्यपाले पनि सही गरेको छैन। सही भएको 5 महिनाको भइसक्दा पनि यसको राज्यपालले सही नगर्नु के कारण हो त्यो पनि कसैलाइ थाहा हुन सकेको छैन। पहाडको बिकाशको निम्ति ज़ीटीए एउटा बलियो आधार रहेको बताउँने मोर्चा नेताहरु पनि जीटीएको गठनमा बिलम्ब भएकोले बिस्तारै रुष्ट बन्न थालेको छ। यस्तो अवस्थामा युवा मोर्चाको गोर्खाल्याण्डको आन्दोलनले कस्तो मोड लिने हो त्यो निकै चाखलाग्दो बन्दै गइरहेको छ। छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति गठन भएको गोजमुमोले आन्दोलनको गतिसंगै पछिबाट गोर्खाल्याण्ड राज्य सोझै नहुने छाँट देखेपछि एउटा बैकल्पिक ब्यवस्था जीटीएमा सम्झौता गरेको थियो.। मोर्चाले जीटीएमा सम्झौता गरे पनि आन्दोलनलाइ भने जारी राखेको पनि घोषणा गरेको थियो। यद्ययी जीटीको सम्झौता पछि भने आन्दोलनमा सिथिलता आएको थियो। थप पहाडमा बिधानसभा चुनाव भएपछि झन गोर्खाल्याण्डको आन्दोलनमा अघोषित बिरामनै लागेको थियो। अहिले आएर उत्तर प्रदेशलाइ चार राज्यहरुमा बिभाजन गर्ने प्रस्ताव पारित भए पछि दार्जीलिंग पहाडमा पनि छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको आगो सल्किने छाँट देखिएको थियो । मोर्चाले जीटीए थापेको कारण आन्दोलन गर्न नसक्ने मानिसहरुले आशंका ब्यक्त गरेको भए पनि युवा मोर्चाले भने आन्दोलनलाइ आफ्नो काँधमा लिँदै आन्दोलन गर्ने घोषणा गरेर बिपक्षी दलहरुलाइ गतिलो चुनौति दिएको छ। उत्तर प्रदेशलाइ चार राज्यहरुमा बिभाजन गरे दार्जीलिंग पहाड पनि छुट्न नहुने यहाँको राजनैतिक दलहरुले माग गरिरहेको समयमा युवा मोर्चाले गोर्खाल्याण्डको आन्दोलन गर्ने घोषणा गरेर बिपक्षी दलहरुलाइ पनि गतिलो चुनौति त दिएको नै छ तर यस भन्दा पनि चाखलाग्दो भने मोर्चा र आबिपको सम्झौता के हुने हुन भन्ने कुरा चाखलाग्दो बन्न पुगेको छ। दार्जीलिंग पहाड लगायत तराइ डुवर्सको समान बिकासको निम्ति मोर्चा र आबिप केहिदिन अघि सम्झौता गरेको अब युवा मोर्चाको आन्दोलनले कति लामो टिक्ने हुन त्यो भन्न नसके पनि आदिबासी बिकास परिषदले भने मोर्चाले छुट्टै राज्यको आन्दोलन गरे सम्बन्ध तोडिदिने अगावै घोषणा गरेको छ । यस्तो अवस्तामा एकातिर छुट्टै राज्यको प्रश्न रहेको छ भने अर्कोतिर आबिप सितको सम्बन्ध पनि रहेको छ। यदि आबिपले मोर्चासित सम्बन्ध तोडे तराई डुवर्समा पुन हिंसाहुने सम्भावना पनि उत्तिकै रहेको छ। यस्तो परिस्थितिम दार्जीलिंगको राजनैतिक मोड कस्तो हुने हो त्यो पनि चाखलाग्दो बनेको छ।
Read latest post filed under photo gallery

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.