गाडी चोरलाई मारूती कार सितै पक्राउ


डी के वाइबा; कालेबुङ २४ नोभेम्बर ;

कालेबुङ पुलिसले खुबे सक्रियता अप्नाउँदै गाडी चोरलाई मारूती कार सितै पक्राउ गर्न सफल बनेको छ। गत २१ नोभेम्बरको दिन यहाँको रिङकिङ पोङ रोडबाट अज्ञात चोरहरुले मारुती कार W.B 77-2782 चोरेर चम्टप कसेको थियो। वाहनका मालिकले थानामा वाहन चोरि भएको प्राथमीकि दर्ता गरे पछि खोजि अभियानमा लागेको कालेबुङ पुलिसले आज वाहन चोरलाई सिक्किम रम्फुबाट वाहन सितै पक्रउ गर्न सफल बन्यो।  गोप्य सुचनाको आधारमा पुलिसले रम्फुमा छापा मार्दा वाहन चोर समीर छेत्री(२२)लाई पक्राउ गरेको छ। तिनी कालेबुङ १३ माईल निवासी रहेको पुलिस सुत्रले जनाएको छ भने हाल तिनी रिनोक सिक्किममा धेरै वर्षदेखि बसोबास गर्दै आइरहेका थिए। पक्रा परेका समीर छेत्रीको बिभिन्न थानाहरुमा चोरिको अभियोगमा अहिले पनि मुद्दा दर्ता रहेको थाहा लागेको छ भने कालेबुङ थानामा पनि कतिपय मुद्दा रहेको पुलिसले जनाएको छ। तिनलाई आज यहाँको अदालतमा पेश गरेर तीन दिनको पुलिस रिमांण्डमा लिएको छ भने यस कार्यमा अन्य गिरोहहरुको पनि हात हुन सक्ने आशंका ब्यक्त गरिएको छ। वाहनलाई उद्दार गर्न अनि चोरलाई पक्राऊ गर्नमा कालेबुङ थाना आई सी को बिशेष सक्रियता रहेको थियो भने ए एस आई शरण सार्कीले तिनलाई पक्रन सफल बने। 
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.