DARJEELING PARAGLIDING +1 attraction in Darjeeling Tourism

Darjeeling/Kalimpong:- पहाडको सहासिक पर्यटनमा नयाँपन थप्दै शुरु गरिएको प्याराग्लाइडिङले अहिले दार्जीलिङ घुम्न आउने देशी अनि विदेशी पर्यटकहरुलाई आकर्षित पारिरहेको छ। यसै बर्षको 7 अक्टोबरदेखि औपचारिक रुपमा शुरु गरिएको यस सहासिक खेलप्रति  पर्यटकहरुले  मात्र नभएर स्थानीय मानिसहरुले  पनि रुचि देखाउन थालेका छन। सेन्ट पल स्कूलको नजिकबाट शुरु भएर लेबोङ ग्राउण्डमा अन्त हुने यस सहासिक खेलमा मानिसहरुले दार्जीलिङ अनि वरिपरिका पर्वत श्रृङ्खलाको बिहंगम दृष्टिकोणबाट अवलोकन गर्न पाउँछन। मौसम अनुकूल भएको बेलामा 15 मिनटसम्म उडाइने प्याराग्लाइडिङको खेलमा कञ्चनजंगा र माउण्ट एभरेष्ट पनि अवलोकन गर्न सकिन्छ। यस खेलको आनन्द लिन चहाने पर्यटकहरुले 3000 अनि स्थानीयहरुले 2500 रु तिर्नु पर्नेछ। सिक्किम र मनालीबाहेक पश्चिम बंगाल तेस्रो राज्य हो जहाँ यो सहासिक खेल सञ्चालन भईरहेको सञ्चालक समूहको भनाई छ। यो खेलको सञ्चालनको निम्ति अपनाउनु पर्ने सम्पूर्ण सुरक्षा उपायहरु अवलम्बन गरिएको उनीहरुको भनाई छ। दार्जीलिङ शहरका प्रायजसो टूर अपरेटरकोमा यसका टिकट उपलब्ध रहेको छ। यद्यपी यस खेललाई व्यवसायिक रुप प्रदान गर्न सरकारी सहयोगको पनि आवश्यकता रहेको यस खेलका सञ्चालक समूह अफ रोडसको भनाई छ। प्याराग्लाइडरका पाइलतहरुको निम्ति समुचित तालिमको व्यवस्था अनि खेल टेक अफ गर्न बाटोहरुको रखरखाउ सरकारी पक्षबाट हुन सके यसले पहाडको पर्यटनमा नयाँ अध्याय थप्ने उनीहरुको विश्वास छ। यस खेलका सञ्चालक साङ्गे शेर्पाले यस आशयको मंतब्य प्रकट गरेका छन। 
-प्रदीप  लोहागुन

Darjeeling Paragliding: पहाडको सहासिक पर्यटनमा नयाँपन थप्दै शुरु गरिएको प्याराग्लाइडिङले अहिले दार्जीलिङ घुम्न आउने देशी अनि विदेशी पर्यटकहरुलाई आकर्षित पारिरहेको छ।

Read latest post filed under history, regional news, tourism

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.