दार्जीलिंग/शरण मुस्कान : प्रज्ञा श्री सुश्री पहाडी प्रतीक फेशन प्रतियोगिता दोस्रो पल्ट ३१ दिसम्बर अपरान्ह ३ बजेदेखि शुरु हुने भएको छ | गोर्खा जनमुक्ति विधार्थी मोर्चा द्वारा गत वर्षदेखि शुरु गरिएको यस प्रतियोगिता यसपाली चिया अनि पर्यटन उत्सवको छेक पारेर गरिएको पहाडी प्रतीकको रयाम्पमा यसपाली लगभग ५० स्थानीय प्रतियोगीहरुले प्रदर्शनी दिनेछन् |खिताब हत्याई प्रज्ञा श्री सुश्री पहाडी प्रतीक बन्ने विजयी प्रतियोगीहरुलाई क्रमैले हिरो होन्डा क्रुइजर अनि बजाज प्लाटिनियम बाइक सहित आकर्षक पुरस्कारहरु दिइनेछ | चौरस्ता परिसरमा चिया अनि पर्यटन उत्सवको अवसरमा उपस्थित देशी- विदेशी पर्यटक अनि स्थानीय दर्शकहरु माझ यस वर्षको अन्तिम दिन
आयोजन भइरहेको छ | यस प्रतियोगिताको निम्ति हालमा भानु भवनमा प्रतियोगीहरुले निक्कै पसिना बगाईरहेका छन् | प्रशिक्षणको निम्ति INIFD का कुन्तील शाह लगायत अन्य सम्बन्धित प्रशिक्षनार्थीहरु पनि उपस्थित छन् | ज्योति ब्राह्मण जस्ता हस्तीहरु जन्माउने पहाडमा थुप्रै प्रतिभाहरु छन् जसलाई सामाजिक प्रोत्साहन अनि सशक्त प्लेटफर्मको खाँचो रहेको कुन्तील शाहले बताएको छ |
पहाडी प्रतीकलाई नर्थ इस्ट बेल्ट भरि कै ब्राण्ड बनाएर बेरोजगार युवा युवतीहरुलाई यसै क्षेत्र मार्फत पनि रोजगारको मार्गहरु खुलाउने तिनको उदेश्य रहेको प्रवक्ता निमा शेर्पाले जनाए | पहाडमा फेशनको क्षेत्रलाई नकारात्मक रुपमा लिइने गरेकोले नै हालमा इच्छा रहेर पनि युवा युवतीहरु अघि आउन हिचकिचाइ रहेको बताउदै अभिभावकहरुले पनि पारम्परिक विचार धारा पन्साएर इच्छुकहरुलाई प्रेरित गरे असल हुने उनले जनाए | हरेक क्षेत्रमा रोजगारको मध्यमहरु बन्द छ | पाठशाला, अस्पताल, लगायत सबै सरकारी कार्यलयहरुमा नोकरी आवेदकहरुको लामो सुची छन् | यस्तो बेला पहाडमा नयाँ नयाँ रोजगारको मध्यमहरु भित्राउनु पर्ने हो | पारम्परिक सोच विचारदेखि उक्लिएर नयाँ पिडीको संसारलाई हेरे यस्ता धेरै रोजगारको मध्यमहरु छ जसलाई पहाडका अभिभावकहरुले सोच विचार गर्नु आवश्यक छ | आयोजक पक्षबाट विमो उपाध्यक्ष अमृत योन्जनले पनि अझ थपे |

Post a Comment
We love to hear from you! What's on your mind?