रेशेप ग्राम पंचायत वार्ड नम्बर १ मा सयदिने काम शुरु
मंग्पू : महात्मा गान्धी ग्रामीण सडक एवम स्व रोजगार योजना , जुन योजना मार्फत गाउँ , बस्ति , बजार क्षेत्रका अफ्ठ्यारो भिरालो ठाउँहरुले सुगम फराकिलो पक्का बाटो बनिने योजनाले सबै क्षेत्र भरि आफ्नो रोजगार संग संगै गाउँ घर जाने बाटो बनाउने सुयोग प्राप्त भइरहेकोले निर्माण कार्यहरु युद्धस्तरमा चलिरहेका छन् | यसै परिकल्पनामा तक्दाह खण्ड बिकास अन्तर्गत रेशेप ग्राम पंचायत वार्ड नम्बर १ , मंग्पूमा रतन लामाको बासस्थानदेखि उर्गेन शेर्पाको घरसम्म पक्का पनी रोड निर्माण कार्यको उद्घाटन पन्च बीर तामांगको बाहुलीबाट तथा पण्डित भास्कर शर्माको भुमि पुजाआदि द्वारा सम्पन्न भयो | यस पुनित कार्यक्रममा रेशेप ग्राम पंचायत सचिव के० पी० शर्मा , कर्मचारी सुजित थापा, रतन लामा सचिव मंग्पू जोन मोर्चा , उर्गेन शेर्पा सदश्य युवा मोर्चा केन्द्रिय समिति बिशेष रुपमा उपस्थित थिए | उक्त सयदिने योजना पनी रोडका सुपरभाइजर सगेंन खवास छ भने निरिक्षण समितिको सभापति बिकास गुरुङ रहेको छ | यस पनि रोड उद्घाटन दिनमा चालिस जना भन्दा बेसी जब - होल्डर हरुको उपस्थिति रहेको थियो | रोडले रेशेप भानु टोल , चालिस धुराका जनसाधारणले आवत जावत गर्ने सुविधा प्रदान गर्नेछ भने यस पनी रोडले सरस्वती उच्चतर विधालय जाने मूल सडकलाइ सम्पर्क राख्ने छ |
Post a Comment
We love to hear from you! What's on your mind?