पत्रकारहरु स्कुलमा पुग्दा के थाह पाईयो भने ९ सितम्बर २००८ देखि स्कुल एटेन्डेन्स समितिका अध्यक्षलाई निम्ताएर अझसम्म कुनै सभा नै भएको छैन। यदि सभा नै भयो भने पनि त्यहाँ एटेन्डेन्स समितिका अध्यक्षलाई कुनै बोलाउँने कार्य नभएको स्वंय एटेन्डेन्स समितिका अध्यक्षा सुनिता मोक्तानले बताईन। यति मात्र होईन तिनलाई स्कुलमा के कति पैसा आएको छ अनि ती पैसाहरु कता प्रयोग गरिन्दैछ भन्ने समेत जानकारी नगराईएको थप तिनले बताईन। आखिर किन तिनलाई कुनै सभामा बोलाईएन ? एटेन्डेन्स कमिटिका अध्यक्षा जस्तो जिम्मेवारी पदमा बसेका ब्यक्तिलाई किन बिद्यालयको कुनै जानकारी दिईएन ? यस्ता अनेकौं प्रश्नहरु अहिले एका एक बाहिर आउँन थालेको छ। यस बिषयमा स्कुलका प्रधान अध्यापक किशोर शिलवालसित भेट गरेर जानकारी लिन खोज्दा तिनी बिगत ४ महिना देखि छुट्टीमा रहेको थाह पाईयो। तिनी बिगत ४ महिन देखि छुट्टीमा रहेका भएपनि स्कुलको कार्यभार सम्हालन भने कसैलाई जिम्मेवारी नै दिएको छैन। यद्यपी स्कुल भने १ जना बिद्यार्थीलाई लिएर अहिले सम्म सुरु बुरू सञ्चालन भई रहेको सह शिक्षक छितेन भोटोयाले जनाए। यसै अवधी तिनले गत केही दिन अघि मात्र स्कुलको जमीन विवाद हुँदा स्कुल निरिक्षक आएको जानकारी दिए। यस कुराले के थप प्रश्न खडा गरिदिएको छ भने स्कुलका निरिक्षक आउँदा बिद्यालयमा १ जना मात्र बिद्यार्थी रहेको बारेमा किन केही गरेनन ? जब कि मासिक रिपोर्टमा बिद्यार्थीहरुको समख्या ५० दिंदै आईरहेको छ। कतै यस कुरामा बिभागको पनि मिली भगत त रहेको छैन भन्ने प्रश्न पनि निकै कठिन बनेको छ। पाठशालामा बिद्यार्थीहरुको संख्या ५० लेखेर बिभागमा बुझाएको कारण मिड डे मिलका चामल त आउँछन् तर सब्जि किन्न आएको पैसा कता जाँदैछ भन्ने कुरा पनि न त एटेन्डेन्स कमिटिका मानिसहरुलाई थाह छ न त सह शिक्षक छितेन शेर्पालाई नै । यति मात्र होईन स्कुलमा सरकारबाट प्राप्त हुने बुक ग्राण्ट र युनिफम ग्राण्ट बारेमा सोद्धा पनि तिनीहरुले सोझै “नो आईडिया” भनेर पत्रकारहरूलाई अवाक बनाए। यो सब हुनमा कसको दायित्व हो भनेर पत्रकारहरुले सोद्धा सह शिक्षक छितेन शेर्पा अनि एटेन्डेन्स कमिटिका अध्यक्षा सुनिता मोक्तानले सिदै स्कुलका प्रधानाध्यपक माथि दोष देखए। तिनले स्कुलको बारेमा आफुहरुलाई केही जानकारी नदिएको अनि स्कुलमा बिकासका निम्ति र बिद्यार्थीहरुक निम्ति आएको पैसाको पनि कुनै जानकारी नदिएको बताए । यतिसम्म कि एटेन्डेन्स कमिटिका अध्यक्षसमेतलाई स्कुलमा आएको पैसाहरुको हिसाब नबताएको पनि तिनले जानकारी दिईन। यता स्कुलकोबारेमा अर्का शिक्षक सुरेन कार्की ढोलिलाई पनि कुनै चिन्ता छैन । किन भने तिनी हिज पत्रकारहरु स्कुल पुग्दा पनि थिएनन अनि आज पनि स्कुलमा थिएनन् । यसबारे तिनले कुनै सुचहना समेत नदिएको भोटियाले जानकारी गराए।
जमिनको बिवादले पर्दाफसास गरेको यो घटना त नमुना मात्र हुनसक्छन् जो मिडियामा आएका छन्। केवल एकजना छात्र रहेको पाठशालाले त ५० जनाको रिपोर्ट बुझाउँछन् बिभागमा अनि ५० जनाको सहुलियत बारे कसैलाई सुईँको समेत दिइन्दैन। यसबारे आज कालेबुङ सर्कलका स्कुल निरिक्षक जिग्मी शेर्पासित जान्न खोज्दा आफु बाहिर रहेको बताए। तिनले समय पाए पछि आफै फोन गर्ने बचन पनि दिएका थिए तर पछि कुनै पत्तो भएन । यस घटनाले सबैभन्दा ठुलो प्रश्न के खडा गरिदिएको छ भने ४९ जना बिद्यार्थीहरुको पैसा कता जाँदैछ ? २००८ देखि लगातार ५० जना बिद्यार्थीहरु रहेको रिपोर्ट पाउँने शिक्षा बिभागले किन यतिञ्जेल सम्म जाँच गरेनन् ? एटेन्डेन्स कमिटिका अध्यक्षलाई किन प्रधान अध्यापकले कुनै जानकारी दिईएन ? यो कतै बिभगसितकै मिलीभगत त छैन ? यस्ता अनेकौं प्रश्नहरु अहिले उब्जिएको छ जसको उत्तर बिभागले दिनु पर्ने आवश्यक्ता देखिएको छ।
Post a Comment
We love to hear from you! What's on your mind?