मंग्पू - उतर प्रदेशका मुख्य मन्त्री मायावतीको राज्यलाई चारवटा नयाँ राज्य निर्माण गर्ने उक्तिले भारतीय गोर्खा/नेपालीहरुका शताब्दी पुरानो गोर्खाल्याण्ड राज्यको मागलाई घनात्मक जोश बढाएको छ | उतर प्रदेशलाई चारवटा राज्य बनाउने योजना गरिन्छ भने गोर्खाहरुको मागलाई पनि पुरा गर्न राज्य र केन्द्र सरकारले उपाय निकाल्नु पर्छ भन्ने माग गोर्खा जनमुक्ति युवा मोर्चाले सर्वत्र आवाजको क्रान्ति आगमी १८ दिसम्बरमा मंग्पूको युवा मोर्चाको जन सभा देखि शुरु गर्ने भएको छ | त्यसै युवा मोर्चाको तयारीमा मंग्पू जोन अन्तर्गत युवा मोर्चा मंग्पू क्षेत्रका युवाहरु अझ दह्रिलो बनाउने काममा प्रयाशरत छन् | यसै उदेश्यमा रोंग्चोंग शाखा पार्टीको सभापति अर्जुन तामांगको सभापतित्वमा रोंगचोंग शाखा गोजयुमो गठनार्थ एक सभा बस्यो | सभालाई शाखाका गोजयुमो सचिव प्रकाश लेप्चाले संचालन गर्दै सम्पूर्ण उपस्थितगण रतन लामा सचिव ,मंग्पू जोन गोजमुमो, दयानन्द राई ,सभापति मंग्पू जोन, सुजम छेत्री सचिव मंग्पू लाठ पन्चर समिति, युवा मोर्चा, मुकेश थापा तथा सम्पूर्ण रोंगचोंग शाखाका पार्टी , नारी मोर्चा,साथै अन्य -अन्या भात्री संगठनका प्रतिनिधिगणलाई स्वागत जनाए | सभामा अन्चल तथा स्थायी रुपमा नभएको युवा मोर्चाहरुलाई पूर्ण संगठित गर्दै निम्नलिखित
रोंगचोंग शाखा गोजमुमो युवा मोर्चा गठन गरियो | सभापति दिवाकर छेत्री, उपसभापति निमा तामांग, कोषाध्यक्ष विनोद राई , लेखापरीक्षक उदय खवास तथा नौ जना युवाहरुका कार्यकारिणी सदश्यगणहरुको समुहलाई लिएर स्थायी तथा सुसंगठित शाखा गठन भएको छ | सभालाई रतन लामा, दयानन्द राई अनि सुजम छेत्रीले पनि सम्बोधन गरे | सम्बोधनको क्रममा वक्ताहरुले मंग्पू क्षेत्रका अस्थिर वा असंगठित युवाहरुलाई सक्रिय बनाउने कार्यहरु युद्धस्तरमा भइरहेको जनाए साथै आगमी मंग्पूमा सम्पन्न हुने युवा मोर्चाको जन सभा बारेमा पनि अव्गात गराए | ज्ञात रहोस यस रोंगचोंग शाखा अन्तर्गत स्कूल डाँडाबासी , सानो रोंगचोंग बस्तिबासी , जी०एल० धुरा भजने बस्तीबासी तथा ठुलो रोंगचोंग बस्ती अनि बजार बासीहरुका जन समुहमा एक दह्रिलो रोंगचोंग शाखा गोजयुमो गठन भएकोमा सबैलाई बधाई अनि शुभकामना व्यक्त गरे | अन्तमा सभापति ले सम्पूर्ण जनसाधारणलाई धन्यबाद दिदै मंग्पूमा हुने युवा मोर्चाको विराट जनसभामा उपस्थित भइदिने आह्वान गरे |

Post a Comment
We love to hear from you! What's on your mind?