कोलकाता उच्च न्यायलयका न्यायधीश ज्योतिर्मोय भट्टचार्यको मंग्पू भ्रमण
मंग्पू /केशर मोक्तान/४ दिसम्बर :- मंग्पू अवस्थित विश्व कवि रविन्द्रनाथ ठाकुर स्मृति रविन्द्र संग्राहलयमा कोलकाता उच्च न्यायलयका न्यायधीश ज्योतिर्मय भट्टचार्य तथा तिनका सपरिवारको भ्रमण भयो | भ्रमणमा आएका न्यायधीश ज्योतिर्मय तथा उनका परिवारलाई मंग्पूको तालुका कोर्टका शेख ताज महम्मद जुडिसियल म्याजिस्ट्रेट , रिनटु सुर सिभिल जज , जुनियर कोर्ट तथा मंग्पू तालुका कोर्टका सम्पूर्ण कर्मचारीवर्ग , रतन लामा सचिव मंग्पू जोन मोर्चा , गगन राई सचिव सिन्कोना जोन केन्द्रिय समिति , बुध कुमार थापा रविन्द्र स्मृति संग्रक्षण तथा रविन्द्र भवन अनि संग्राहलयका कर्मचारी शिशिर रावत अनि साधुम गोले साथै अन्य अन्या मानिसहरुले फूलमाला - खादा अर्पण गर्दै स्वागत जनाए | यस स्वागत कार्यक्रममा दार्जीलिंग जिल्ला न्यायलय न्यायधिश सुब्रत मित्रलाइ पनि मंग्पूको पक्षमा सबैले हार्दिक स्वागत जनाए | यस भ्रमणमा आएका न्यायधीश ज्योतिर्मय कोलकाता उच्च न्यायलयलाइ सम्पूर्ण मंग्पूबासीको तर्फबाट मंग्पू रेषेप बजार स्थित तालुका कोर्ट १८ फरवरी २००६ मा स्थापित गरि मंग्पूको सम्पूर्ण जनसाधारणको निम्ति भलाई गरिदिएकोमा रतन लामा एवम गगन राईले हार्दिक कृतज्ञता प्रकट गरे | यस भेटघाटमा उक्त द्वय सचिवले मंग्पूबासी सम्बन्धि विभिन्न न्याय सम्बन्धित जन चेतना कार्यक्रम आयोजना गरिदिने सविनय बिन्ति पनि राखे | रविन्द्र संग्राहलय परिभ्रमण पश्चात उक्त टोली मंग्पू रेषेप बजार स्थित तालुका कोर्टको भ्रमण गर्दै सोझै दार्जीलिंगतर्फ प्रस्थान गरे |
Post a Comment
We love to hear from you! What's on your mind?