मंग्पू जनसभाबाट बौधिक आन्दोलनको घोषणा

मंग्पू/केशर मोक्तान/अनिल तलैजा: अबको आन्दोलन बौधिक आन्दोलन हुनेछ ,वैज्ञानिक आन्दोलन हुनेछ  भन्दै गोर्खा जनमुक्ति युवा मोर्चाले आन्दोलनको कार्यसुचि सार्वजनिक गरेको छ | मंग्पू जनमैदानमा आयोजित बिशाल जनसभामा मोर्चा अध्यक्ष पनि उपस्थित रहने चर्चा चले पनि उनी उपस्थित थिएन | नारी मोर्चा प्रमुख आशा गुरुङ मुख्य अतिथिको रुपमा रहेको यस सभाबाट छुट्टै राज्यको आन्दोलनको निम्ति युवा मोर्चाले कस्तो र के घोषणा गर्ने हुन् भन्ने जिज्ञासाले बिगत केही दिन अघि देखि पहाडी राजनीति तातिएको थियो | उतर प्रदेश मुख्यमन्त्री मायावतीको घोषणा संगै अलग राज्यको माग लिएर पुन: सल्बलाएको पहाडको राजनैतिक माहोलमा भागोपको टाक्स फोर्स, क्रामाकपाको दिल्ली धर्ना संग संगै युवा मोर्चाको तेश्रो चरणको गोर्खाल्याण्डको आन्दोलनले कस्तो गति लेला भनेर पर्खिनेहरुको प्रतिक्षा आज समाप्त भएको छ | सर्वप्रथम पहाडको तिनै वटा महकुमाहरुमा दलको झन्डा र गोर्खाल्याण्ड माग सहितको ब्यानरहरु टाँसेर शुरु गरेको युवा मोर्चाको आन्दोलन मंग्पू सभा सम्म आइपुग्दा अझ  थुप्रै थुप्रै सभा र र्यालीहरु गर्ने घोषणा सार्वजनिक भएको छ | युवा मोर्चा महा सचिव प्रियवर्धन राईले आजको सभालाई सम्बोधन गर्दै यस्तै थुप्रै सभा र र्यालीहरु भविष्यमा पहाडको सबै ठाउँहरुमा हुने र गोर्खाल्याण्ड विषय युवा जमातलाई सचेत राख्ने कार्यक्रम अघि राखेको छ  | अरुकै निम्ति रगत बगायौ , अरुकै निम्ति युद्ध लदयौ अब आफ्नो निम्ति लड्नु पर्छ | हिज निधार हाम्रो भाग्य अरुको थियो , पाइला हाम्रो, यात्रा अरुको थियो अब निधार पनि हाम्रै भविष्य पनि हाम्रै भन्दै राईले आजको युवा जमात ८६ को युवा जमात जस्तो नरहेको बताए | हिज हामीलाई झुकायो तर अब यस्तो हुने छैन यदी कुनै नयाँ राज्य गठन भए सर्वप्रथम गोर्खाल्याण्ड हुनपर्ने राईको भनाइ थियो | अब युवाहरु चुप लागेर नबस्ने बताउदै राईले युवा मोर्चाले गरेको आन्दोलनको नेतृत्व पनि अध्यक्ष बिमल गुरुङले नै गर्नु पर्ने बताए | जन आकांक्षा अनुरुपको आन्दोलनको प्रवृति हुने बताउदै उनले सात जनवरी २०१२ मा खरसांग ,१५ जनवरी मिरिक २२ जनवरी कालेबुंगम,२९ जनवरी सिलिगुडीमा र ५ फरवरी दार्जीलिंगमा बिशाल जनसभा गरिने घोषणा गरे भने १ जनवरी देखि १ जनवरी सम्म महिना व्यापी हस्ताक्षर अभियान शुरु गरिने पनि बताए | बिगतमा मोर्चाले भारत सरकार ग्रिह मन्त्री,सोनिया गान्धी,प्रधान मन्त्री , विपक्षी नेत्री सुस्मा स्वराजलाई गोर्खाल्याण्ड सम्बन्धि फ्याक्स पठाएको र यसको रिमाइन्डर गरिने पनि घोषणा गरे | आगमी १२ फरवरीमा भावीरणनीतिको खुलासा हुने कटाक्ष पनि गरे | चारैवटा चुनावमा लाजस्पद हार बेहोरेका दलहरुले मोर्चालाई सुझाउ दिनु सुहाउदैन भन्दै उनले युवा मोर्चाले शहिदको बलिदानलाई नबिर्सेको बताए | आजको सभामा युवा मोर्चाको केन्द्रिय सदश्य एवम नेतृत्वगण, नारी मोर्चा अध्यक्ष आशा गुरुङ लगायत नारी मोर्चाका पधाधिकारीगण साथै विभिन्न सदश्यहरुबाट आएका मोर्चाका भात्री संगठनहरुको व्यापक उपस्थिति रहेको थियो | सभालाई केन्द्रिय समिति उपध्यक्ष संजय थुलुंगले अध्यक्ष गरेको थिए भने युवा मोर्चा उप अध्यक्ष जितेन राई , संगठनिक सचिव सिधान्त राई, सह सचिव अनुप हाँग सुब्बा , केन्द्रिय समिति सदश्य उर्गेन शेर्पा , पवेंद्र गुरुङ, तोप्देन भुटिया , बारुद थापा , बिशाल राई आदिले नपि सम्बोधन गरे | सभामा " समर्पण " नामक गीति एल्बम संगै गोर्खाल्याण्ड नामक पुस्तिकाको पनि सार्वजनिक भयो भने " म बिमल " लेखिएको टी सर्ट सभामा सार्वजनिक गर्दै युवा नेतृत्वहरुले अबको प्रत्येक युवाहरुमा अध्यक्षको जस्तो सोच र गोर्खाल्याण्ड प्राप्तिको त्याग एवम समर्पण हुनपर्ने बताए | अध्यक्ष बिमल गुरुङको अनुपस्थितिमा विषय जान्न चाहदा महा सचिव प्रियवर्धन राईले अध्यक्ष कुनै पनि बखत आउँन सक्ने बताउदै उनको अनुपस्थितिमा पनि अध्यक्ष कै मार्ग निर्देशमा आन्दोलन गरिने बताए | यो आन्दोलनले मंगपंग  सम्झौतालाइ कस्तो प्रभाव पार्ला भनि सोधिएको प्रश्नमा उपसभापति केन्द्रिय समिति जितेंन राईले आधिबासीहरुले पनि यो आन्दोलनमा सहयोग गर्ने बताएका छन् |
Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.