मंग्पू/१८ दिसम्बर/ डी० के० वाइबा : अबको आन्दोलन प्रावधिक र बौधिक हुनेछ | आजको युवाहरु हिजका जस्तो छैनन् |हामी केवल छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति मात्र लड्नेछौ | जीटीएमा मोर्चाले सम्झौता गरे पनि त्यो सम्झौताले गोर्खाल्याण्डको आन्दोलनलाई छेक्दैन | मोर्चाले जीटीएमा गोर्खाल्याण्डको मुद्दालाई ड्रप गरेको छैन | छुट्टै राज्यको आन्दोलन गर्न हामीलाई कुनै पनि कुरोले छेक्दैन | अब सरकारले पनि यो कुरालाई ध्यान दिन पर्छ | युवा मोर्चाले जीटीएको समर्थन पनि गर्दैन विरोध पनि गर्दैन | तर हामी जीटीएमा पनि भुलिएर बस्दैन | किन कि अन्तिम लक्ष्य गोर्खाल्याण्ड नै हो अनि यसैलाई हासिल गरेर मात्र मोर्चा बिसाउनेछ | - उक्त कुरा गोर्खा जनमुक्ति युवा मोर्चा महा सचिव प्रियवर्धन राईले मंग्पू जनमैदानमा आयोजित जनसभालाई सम्बोधन गर्दै भनेका हुन् | युवा मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन आजदेखि गर्ने घोषणा गरेको थियो | यस अवसरमा युवा मोर्चाको कार्यकर्ताहरु मंग्पू जन मैदानमा व्यापक रुपले उपस्थित रहेको थियो | युवा मोर्चाले अबको आन्दोलनलाई आफ्नो काँधमा लिंदै भावी कार्यक्रमहरुको पनि घोषणा गरेको छ | युवा मोर्चा महा सचिव प्रियवर्धन राईले युवा मोर्चाले आन्दोलन जिरोबाट शुरु गर्ने बताउदै पहिला युवाहरुलाई आन्दोलन प्रति जागरुक पार्ने कार्य गर्ने बताए | तिनले भावी कार्यक्रमको घोषणा गर्दै आगमी १ जनवरी देखि ३१ जनवरी सम्म गोर्खाल्याण्डको समर्थनमा महिनाव्यापी हस्ताक्षर अभियान सम्पूर्ण पहाड लगायत तराई डुवर्समा हुने बताए | त्यसपछि क्रमैले आगमी ७ जनवरी देखि ५ फरवरी२०१२ सम्म सम्पूर्ण पहाड लगायत सिलिगुडीमा जनसभा गरिने घोषणा गरे | आगमी ७ जनवरी खरसांग, १५ जनवरी मिरिक,२२ जनवरी कालेबुंग ,२९ जनवरी सिलिगुडी अनि ५ फरवरी २०१२ को दिन दार्जीलिंग को चोक बजारमा जनसभा गरिने सचिवले घोषणा गरे | तिनले बिगतमा छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै भारतका राष्ट्रपति , प्रधान मन्त्री, मुख्यमन्त्री, विपक्षीका नेताहरुलाई फ्याक्स वार्ता पठाएको कुरो गर्दै अब जनसभा र हस्ताक्षर अभियान संगै फ्याक्स वार्ता पठाउने कार्यक्रमको पनि घोषणा गरे | तिनले उक्त सम्पूर्ण कार्यक्रमहरु समापन भएपछि आगमी १२ फरवरी २०१२ को दिन युवा मोर्चाले आन्दोलनको रणनीति घोषणा गर्ने बताए | यसै सन्दर्भमा राईले जनसभालाई सम्बोधन गर्दै अहिले युवा मोर्चालाई आन्दोलन प्रति सचेत र मानसिक तयारी पार्नको निम्ति आह्वान पनि गरे | यस अवसरमा तिनी विपक्षी दल क्रामाकपा माथि बर्सिन्दै बिगत ८० को दसकमा भड्केको हिंसात्मक आन्दोलनमा यहाँको मान्छे मार्ने कार्य गरेको तिनले आरोप लगाए | युवा मोर्चाले अब आफ्नै माटोको निम्ति बलिदान दिन परे पछि नपर्ने घोषणा गर्दै युवा मोर्चाले बङ्गालको दासत्वमा परेको आमालाई उन्मुक्ति पार्ने कार्य गर्ने बताए | अब हुने युवा मोर्चाको आन्दोलनमा सम्पूर्ण शाखा प्रशाखाका युवाहरु सक्रिय बन्नुपर्ने आह्वान गर्दै जबसम्म छुट्टै राज्य प्राप्ति हुदैन तबसम्म आन्दोलनलाई जारी राख्ने पनि तिनले घोषणा गरे | आगमी दिनहरुमा हुने जनसभामा केवल जनसभा मात्र नभएर छुट्टै राज्यको निम्ति सडकमा ओर्लिएको युवा शक्ति हो भन्ने सरकारले बुझ्नु पर्ने तिनले जनाए | यसै सन्दर्भमा युवा मोर्चा केन्द्रिय समिति सदश्य बारुद थापाले सरकारले छुट्टै राज्य गोर्खाल्याण्ड यथासिग्रह गठन गरेर सम्पूर्ण समस्याको समाधान गर्नु पर्ने बताए | तिनले सरकारलाई चेतवानी दिदै अब समयमा छुट्टै राज्य गठन नगरे आगमी दिनमा दिल्लीमा गोर्खाल्याण्ड नमागेर कालेबुंग देखि नजिकैमा पर्ने क्षेत्रबाट आन्दोलन चर्काउने चेतवनी दिए | यस क्षेत्र सम्वेदनशील रहेको बताउदै यसै सम्वेदनशिलतालाई द्यान दिएर सरकारले उचित कदम उठाउनपर्ने माग गरे | यदी समयमा सरकारले गोर्खाहरुलाई छुट्टै राज्य नदिए त्यसको नतिजा राम्रो नहुने पनि चेतवनी दिए | तिनले विपक्षी दल क्रामाकपा अनि भागोप् माथि बर्सिन्दै यदी मोर्चालाई गाली गर्दैमा राज्य गठन हुन्छ भने आफुहरुले नै जनसभा आयोजना गरिदिने जनाए | तिनले मोर्चालाई जताभावी गाली गर्नु भन्दा पहिले आफ्नो अस्तित्व हेर्ने सुझाउ दिए | यसै सन्दर्भमा युवा मोर्चा सांगठनिक सचिव प्रियवर्धन राईले गोर्खाहरुलाई घरि घरि विदेशीको आरोप लगाउने कार्य नगर्नु भन्दै गोर्खाहरु यस क्षेत्रको रैथाने रहेको बताए | सरकारले त्यस कुरालाई ध्यान दिएर सन् १९५० को सन्धि खारेज गर्नु पर्ने माग गरे | युवा मोर्चा उप सभापति संजय थुलुंगले अद्यक्षता गरेको जनसभामा नारी मोर्चा प्रमुख आशा गुरुङ मुख्य अतिथिका रुपमा उपश्तित रहेकी थिईन | यस अवसरमा शेखर थापा, जितेंन राई, तोप्दें भुटिया , विशाल राई आदिले पनि सम्बोधन गरे | यसै अवसरमा गोर्खाल्याण्ड पत्रिका अनि समर्पण गीति क्यासेटको पनि आशा गुरुङ लगायत अन्यान्यको बाहुलीबात विमोचन गरियो | यस अतिरिक्त आई एम बिमल लेखिएको टी सर्टको पनि सार्वजनिक भयो |
Post a Comment
We love to hear from you! What's on your mind?