तक्दाह १३ दिसम्बर : ताक्दाह क्लब देखि तीन चुले सम्मको पथ यात्रा संगै गोर्खा जनमुक्ति युवा मोर्चा तक्दाह टिस्टा भेल्ली समष्टिले पथ सभा सम्पन्न गरे | राकेश सुबाको अध्यक्षतामा अनि नर्बुजी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त पद सभामा २३ वटा शाखाका तमाम युवाहरु उपस्थित थिए भने सभालाई सम्बोधन गर्दै लामाले भने - युवावर्गको जोश - जाँगरलाई समाज र राष्ट्रको निम्ति खर्च्याउन सक्नु पुरुषार्थ हो | युवावर्गले देशको ढाँचा बदलाउन सक्छन् |युवा मोर्चा समष्टि महा सचिव दिपेन्द्र गिरीले सभालाई संचालन गर्दै भने - केन्द्रिय समितिको आदेशलाई सदैव शिरोधार्य राख्ने छौ | सही मार्ग दर्शनको निम्ति उच्च ओहोदाका व्यक्तिले युवा पिडीलाई समय दिईरहेका छन् | मुल्यांकन गर्न सक्नु पर्छ | युवा पिडीको सकारात्मक सोचाई अनि असल कार्यले नै शान्ति कायम राख्न सकिन्छ , बिकाशको मूल फुटाउन सकिन्छ |
Post a Comment
We love to hear from you! What's on your mind?