प्रदीप छेत्री: नव निर्वाचित सभापति गोजमुमो मंग्पू जोन

गोर्खा जनमुक्ति मोर्चा मंग्पू जोनको भूतपूर्व सभापति स्व० डी० पी० राईको निधन पछि उक्त रिक्त पदमा निर्वाचन भएको थिएन | उक्त सभापतिको निम्ति पुन: निर्वाचन सभा अर्जुन दाहाल कोषाध्यक्ष मंग्पू जोनको सभापतित्वमा तथा पर्यवेक्षक चुनु बहादुर सिंह महकुमा समिति खरसांग सभापति, रतन थापा मंग्पू लाठ पन्चर समष्टि संयोजक तथा केन्द्रिय समिति संगठनिक सचिव, सुर्यमणि राई आदिको उपस्थितिमा चुनावी सभा बस्यो | सभामा भूतपूर्व सभापति स्व० डी० पी० राई को मनन गर्दै उहाँको सत्प्रयाशमा संगठनले आज जे मर्यादा कमाएको छ त्यस बारे प्रसंसा गर्दै उहाँको आदर्शलाई नै अघि लगाएर हिड्ने कुरा भयो | सभालाई रतन थापाले सम्बोधन गर्दै अध्यक्ष बिमल गुरुङको निर्देशमा सही मानिस चुन्ने र भविष्यमा धोका नहुने मानिस चुनेर सभापतिको भार सुम्पने निर्देश भएको जनाए | चुनावमा सम्पूर्ण शाखा प्रशाखाका सभापति सचिव लगायत अन्य अन्या उपस्थित थिए भने सबैले उक्त सभापतित्वको प्रस्तावलाई समर्थन गर्दै खादा माला लगाएर नव निर्वाचित सभापति प्रदीप छेत्रीलाई स्वगात जनाउदै सभापतित्वको भूमिका बारे अव्गात गराए |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.