कालेबुंग/डी० के० वाइबा: धेरै दिन अघि देखि दार्जीलिंग पहाडमा छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको घोषणा गर्दै नयाँ राजनैतिक पार्टी देखा पर्ने हल्ला छ | यो हल्ला केवल हल्ला मात्र हुन् कि वास्तविक रुपमा नै नयाँ पार्टी गठन हुने क्रममा जीएलओ प्रमुख छत्रे सुब्बा, भाजपा पुर्व अध्यक्ष दावा शेर्पा, युजीआरएफ प्रमुख अजय दाहाल, पिपल्स फोरमका प्रवीन गुरुङ चर्चामा रहेका छन् } तर यसबारे अझसम्म कसैले मुख भने खोलेका छैनन् | जसको कारण यो सबै पुर्वअनुमान मात्र बनिरहेको छ | नयाँ राजनैतिक दल गठन हुने कुरोले अहिले खुफिया विभागका मानिसहरु सक्रिय बनेका छन् भने मोर्चा कै शिर्षस्थ नेताहरुले पनि यसबारे गिद्दे नजर गरिरहेका छन् | नयाँ समिकरणको साथमा गठन हुने नयाँ राजनैतिक पार्टी जनताको अघि कति प्रभावकारी बन्ने हुन् त्यो समयले नै बताउने छ | एक समय गोर्खाल्याण्ड आन्दोलन हतियार उठाएर मात्र सम्भव छ भनेर शसस्त्र क्रान्तिको घोषणा गर्ने अहिले बौधिक आन्दोलनको बाटोमा लागी परेका छन् | यता घिसिंग हम्लाकाण्डको आरोपमा एघार वर्षसम्म जेल बस्ने जीएलओ प्रमुख छत्रे सुब्बा जनता पैसाको पछि कुदेको देखेर वाक्क बनेका छन् | यस्तो अवस्थामा नयाँ राजनैतिक दल गठनको चर्चा कति सार्थक होला भन्ने प्रश्न अहिले अनुतरित भए पनि यसको आकृति भने बिस्तारै देख्न थालेको छ | यस विषयलाई गिद्दे नजर गाडेका सुत्रले बताए अनुसार नयाँ राजनैतिक दल गठन हुने कुरा निश्चित रहेको छ | यस बारे यस दल संग सम्बन्धित मानिसहरुको गोप्य बैठकहरु पनि भइरहेको सुत्रले बताएको छ | हाल गोप्य बैठक गर्न सक्रिय रहेका उक्त मानिसहरु चाडै गोप्य बैठक बस्ने कुरा सुत्रले अझ बताएको छ | हाल यस विषयबारे कुनै कुरा स्पष्ट भन्न नसकेतापनि हिज कालेबुंगमा क्रान्तिकारी लेखक अजय दाहालका कृति विमोचन कार्यक्रमले भने नयाँ दल गठन हुने हल्लालाई मोटा मोटी सत्य प्रमाणित गरेको छ | कार्यक्रममा छत्रे सुब्बा उपस्थित नभएतापनि तिनले पत्रचार गरेर अस्वस्थ्य रहेको जानकारी गराएका थिए | सोही अवसरमा पुस्तकको विमोचन संगै राजनैतिक चर्च नै धेर भयो | विमोचनको बहानामा भेला भएका दावा शेर्पा, सी० के० श्रेष्ठ आदिको बक्तव्यले आजको परिवेशमा छुट्टै राज्य गठनको निम्ति नयाँ राजनैतिक दल गठनको कुरातिर नै संकेत गरिरहेको थियो | यस अवसरमा सी० के० श्रेष्ठले त झन पुस्तक बारे चर्चा गर्नु औचित्य नै ठानेन अनि कुनै पनि राजनैतिक दलहरुको नाम नलिइ भका भक राजनैतिक चर्चा गरेर सबै मानिसहरुलाई मक्ख पारे | तिनले आफ्नो सम्बोधनको क्रममा छुट्टै राज्य माग्ने तरिका नितान्त गलत रहेको बताउँदै आफुले लिखित रुपमा दिन सक्ने समेत दाबी गरेर आजसम्म आन्दोलन गर्दै आइरहेको दलहरुलाई नै अप्रत्यक्ष चुनौती दिए | तिनले इतिहास , भूगोल र राष्ट्रवादको कुरा झिक्दै राष्ट्रका मानिसहरुलाई गोर्खाहरुलाई कसरी हेर्छ अनि गोर्खाहरुले कसरी हेर्छ भन्ने बताउँदै मानिसहरुका मानसिकतामा परिवर्तन आउँनपर्ने बताएर राजनैतिक समिकरण प्रति संकेत गरे | श्रेष्ठको बक्तव्यले मात्र होइन तर दावा शेर्पाले पनि उस्तै कुराको संकेत गरेर मानिसहरुको शंकालाई अझ पुष्ट पार्ने काम गरेका छन् | यस कुरालाई अझ अजय दाहालले आफ्नो सम्बोधनमा जनताको विचारधारा अनुरुप राजनैतिक नेतृत्व बिकास गर्नुपर्ने बताउदै नया नेतृत्वको जन्म प्रति संकेत गरेका छन् | पुस्तक विमोचनको अवसरमा भेट भएका यी मानिसहरुको मिलन साधारण मिलन होइन भन्ने लख काट्न आज देखि नै शुरु भएको छ भने खुफिया दलहरुले पनि यसलाई स्वमान्य लिइरहेका छैनन | वर्तमान समयमा जीटीए र गोर्खाल्याण्डको खिचा तानीमा जनताहरु पिरोलिरहेका छन् अनि यसै परिवेशबाट वाक्क भएकाहरु नयाँ दल गठनको तयारीमा लागी परेका छन् | अजय दाहालको पुस्तक विमोचन वास्तवमा नयाँ दल गठन कै आँकुरा रहेको अनुमान लगाउन सकिन्छ | किन भने उनीहरु यस अघि देखि नै खुबै सक्रिय भएर गोप्य रुपमा कार्यहरु अघि बढाइरहेका छन् | यस दलको नेतृत्व कसले गर्ने त्यो अहिले कसैलाई थाहा नभए पनि जीएलओ प्रमुख छत्रे सुब्बालाई नेतृत्वको भार सुम्पिने छाँट देखिएको छ | एकातिर नयाँ राजनैतिक दल गठनको अहिले आकृति तयार बनेको छ भने अर्कोतिर यस दललाई जनता अघि आउन कति चुनौती सामना गर्नुपर्ने हुन् भन्ने टट्कारो प्रश्न अल्झेको छ | हाल पहाडमा अधिपात्य जमाएर बसेको गोजमुमो पार्टी आफ्नो विरुद्ध उठेको शक्तिहरु दबाउन क्रियाशील बनेको राजनैतिक सचेतकहरुको भनाइ छ | तर नयाँ दलका नेतृत्व छत्रे सुब्बाले नै गरे मोर्चालाई गतिलै चुनौती हुने उनीहरुको भनाइ छ | किन कि एकातिर जीटीए गठन ढिलो भएको कारण मानिसहरुमा असन्तुस्टी छ भने अर्को तिर जीटीएमा सन्तुस्ट नहुनेहरुको जमात पनि कमी छैन | यदी यस्तो अवस्थामा जीएलओ प्रमुख सुब्बाले नयाँ राजनैतिक दलको कमान सम्हाले जनता उनको पक्षमा तानिने निक्कै छाँट देखिएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?