अजय दहालको "गोर्खाल्याण्ड आन्दोलन सामुहिक नेतृत्व अनि एकल नेतृत्व" पुस्तक विमोचन

कालेबुंग/डी० के० वाइबा: कालेबुंगबाट सशस्त्र आन्दोलनको घोषणा गरेर दार्जीलिंग पहाडमा राता रात चर्चाको शिखरमा पुग्ने युनाइटेड गोर्खा रेभुलेशनेरी फ्रन्ट ( युजीआरएफ) प्रमुख अजय दहाल अहिले हतियार त्यागेर कलमले बौधिक आन्दोलन लड्न मैदानमा उत्रेका छन् | तिनले अहिले हतियार छोडेर कलम समातेका छन् | सोही क्रममा तिनको " गोर्खाल्याण्ड आन्दोलन सामुहिक नेतृत्व अनि एकल नेतृत्व "  नामक पुस्तक आज यहाँको दुख निवारक सम्मेलन भवनमा लोकार्पण भयो | भापका पुर्व अध्यक्ष दावा शेर्पा, सी० के० श्रेष्ठ अनि एल० एम० शर्माको बाहुलीबाट उक्त पुस्तकको विमोचन गरियो | यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी लेखक तथा नेता अजय दाहालले पुस्तक लेख्ने प्रोत्सहान कसरी मिल्यो भन्ने कुरा स्पष्ट पारे | शसस्त्र आंदोलनको घोषणा गरेपछि संगठनमा हुने अन्तरविरोधले राजनैतिक समिक्षा गरेर पुस्तक लेखेर जनतालाई आफ्नो राजनैतिक विचार पस्केको तिनले बताए | तिनले भने - हामी युजीआरएफ शसस्त्र आन्दोलन गर्न जंगल पसेका थियो | सोही क्रममा संगठन दुई ध्रुवमा विभाजन भयो | हामी समिक्षा गर्न अनि त्यसको निष्कर्ष निकाल्न जनतामा पुग्न सकेनौ | दुवै पक्षधरका मानिसहरु माझ आ- आफ्नो क्रान्तिकारी विचार पुस्तकमा लेख्ने निष्कर्ष निकाल्यौ | " यसै क्रममा दाहालले आफुले पुस्तक निकालेको खुलस्त पर्दै अर्को ध्रुवका साथीहरुका पुस्तक पनि चाडै सार्वजनिक हुने जानकारी गराएका छन् | यो पुस्तक लेख्ने क्रम राजनीतिको एउटा पाटो रहेको बताउदै यस पुस्तक पढेर जनताले आफ्नो प्रतिक्रिया दिने हुन् भन्ने कुरा तिनले बुझेर नयाँ निष्कर्ष निकाल्ने बताए | तिनले आफ्नो सम्बोधनमा एउटा वैचारिक एकता कायम बनेर जनताले नेतृत्वको बिकास गर्नुको साटो यहाँ नेतृत्वको बिचारमा जनता हिड्नुपर्ने बिडम्बना रहेको बताए | कार्यक्रमलाई सम्बोधन गर्दै भाजपाका पुर्व अध्यक्ष दावा शेर्पाले विगतदेखि वर्तमान सम्मको सबै आन्दोलनहरु विफल हुनु धर्यताको अभाव रहेको बताएका छन् | विगत दिनमा छुट्टै राज्यको आन्दोलन कालमा नेताहरु संगै जनताको धर्यताको कमी रहेको जानकारी दिंदै वर्तमान समयमा पनि धर्यता नरहेको स्पष्ट पारे | तिनले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन लामो लडाई रहेको बताउँदै यो लामो म्याराथान रेस रहेको बताउँदै यो रेसको निम्ति धावकमा स्टेमिना हुनपर्ने अनि गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति लामो धर्यता हुनु आवश्यक रहेको बताए | यसै क्रममा कार्यक्रमलाई सी० के० श्रेष्ठले आजसम्म छुट्टै राज्य गठन नहुनुमा हामीले सरकारलाई बुझाउने पद्वति नै गलत रहेको जनाए | छुट्टै राज्य सरकारलाई माग्दा सन् १९०६ देखि यताको दस्तावेजहरु बुझाउने कार्य सही र तर्कसम्मत नरहेको तिनले जनाए | यस्तो भूल कार्य विगतदेखि वर्तमान सम्म भइरहेको जनाउदै विगतमा यस्तो भूल कार्य आफ्नोबाट पनि भएको स्विकार गर्दै गल्तीलाई सबैले स्वीकार गर्नुपर्ने तिनले जनाए | तिनले इतिहास सबै गलत रहेको बताउदै गलत इतिहास कै कारण गोर्खाहरु आफ्नो हक र अधिकारबाट बन्चित बन्न परिरहेको बताए | भारतमा सबै इतिहासहरु गलत लेखिएको बताउँदै गोर्खाहरुको  इतिहास अझ गलत रहेको स्पष्ट पारे| यस विषयमा हाम्रै मानिसहरु सचेत बनेर इतिहास लेख्नु आवश्यक रहेको श्रेष्ठले थप बताए | भारत देश निर्माण अन्य जातीहरु जसरी लडेका छन् त्यसरी नै गोर्खाहरु लडेको तर गोर्खाहरुको मुल्यांकन नभएको बताए | तिनले गोर्खाल्याण्ड मुद्दा सेकेन्डेरी र प्राइमेरी कुरा गोर्खाल्याण्ड राज्य गठनको सहमति बनाउन आवश्यक रहेको तिनले जनाए | यस अवसरमा अभागोली महा सचिव प्रताप खाती, क्रामाकपा कालेबुंग आंचलिक समितिका अध्यक्ष किशोर प्रधान एल० एम० शर्माले पनि सम्बोधन गरे | 
  उक्त विमोचन कार्यमा गोजमुमो बाहेक अभागोली, माकपा नेता तारा सुन्दास गोरामुमो सी का डी० के० प्रधान, प्रवीन गुरुङ आदिको पनि बिशेष उपस्थिति रहेको थियो |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.