कालेबुङको खण्ड बिकाश कार्यलयमा पनि अनिश्चित कालीन बन्दको असर

डी के वाइबा : कालेबुङ ५ दिसम्बर ;
            गोजमुमो पार्टीले खण्ड बिकास कार्यलयमा मनपरि कार्य भएको कारण आजदेखि अनिश्चित कालीन बान्द डाक्यो। बिशेष आशा योजनामा मोर्चालाई नसोधी कार्य गरेको कारण आजदेखि बन्द डाकेको मोर्चा प्रमुख बिमल गुरुङले आईतबार कुमानीमा बताए। आन्दोलन एउटाले गरेको अनि काम अरुले पाउँनु ठिक होइन भन्दै खण्ड बिकाश कार्यलयमा ताला लगाउँनु बाध्य बनेको तिनले बताएका थिए। मोर्चाले आजदेखि खण्डबिकाश कार्यलय बन्द डाकेको कारण आज कालेबुङको खण्ड बिकाश कार्यलयमा कुनै कार्य भएन। यद्यपी कार्यलय भने खुल्ला रहेको थियो। आज कार्यलय बन्दको पाहिलो दिन कार्यलय खुल्ला रहेपनि कुनै कार्यहरु भने भेन जासको कारण मानिसहरु कार्यलायमा काम हुन नसक्दा रित्तै फर्कन परेको थियो। यस अवसरमा खण्डबिकाश कार्यलयमा पुलिस बल पानि तैनाथ गरिएको थियो भने कुनै झमेला भने सृजना भएन। मोर्चाले कार्यलय बन्दको घोषणा गरेर पनि कार्यलय खुल्ला राखेको सन्दर्भमा खण्ड बिकाश अधिकारी अनिन्दिता भौमिकलाई सोद्धा बन्दको कारण आफुलाई कुनै जानकारी नभएको अनि बन्द डाक्ने दलबाट कुनै ज्ञापन बुझाउँन आए त्यो ज्ञापन थाप्न बसेको जानकारी दिइन । खण्ड बिकाश कार्यलय बन्द गर्नुको कुनै लिखित जानकारी आफुलाई नभएको पनि तिनले यसै क्रममा जनाईन्। राजनैतिक दलले कार्यलय बन्द डाके पनि कुन कुन बिभागलाई छुट दिएको छ भन्ने बारेमा पनि कुनै जानकारी नभएको बताउँदै सयदिने रोजगारको कार्यलाई भने छुट दिनसक्ने बताउँदै यसबारे पनि लिखित कुनै कागज आफुले प्राप्त नगरेको जनाईन। 
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.