मोर्चाको निर्णयमा तक्दाह खण्ड बिकाश कार्यलय अनिश्चितकालिन बन्द

मंग्पू/केशर मोक्तान - आशा परिकल्पनाको कामलाई खण्ड बिकाश अधिकारीहरुले सही तरिकामा नगरेको कारण मोर्चा केन्द्रिय समितिले खण्ड बिकाश कार्यलयहरु अनिश्चित कालको निम्ति बन्द गर्ने अगावै घोषणा गरे मुताबिक आज देखि तक्दाह खण्ड बिकाश कार्यलय पनि पूर्णरुपले बन्द रहेको छ | आशा परिकल्पना अन्तर्गत नियुक्ति सम्बन्धि झमेला उत्पन्न भएको कारण नै मोर्चाले अनिश्चितकालिन बन्द गर्ने घोषणा गरेको थाहा लागेको छ | मोर्चाले अगावै लिएको निर्णय मुताबिक आज देखि तक्दाह खण्ड बिकाश कार्यलयमा पनि अनिश्चितकालिन ताला झुण्डाएको खबर तक्दाह टिस्टा भेल्ली समष्टिका संयोजक नर्बुजी लामाले दिएको छ | उक्त खण्ड अन्तर्गत पर्ने ११ वटा ग्राम पंचायत यसको असरमा पर्ने सम्भावना रहेको देखिन्छ | यसरी अचानक खण्ड बिकाश कार्यलय बन्द रहेकोले ग्राम पंचायत क्षेत्रहरुमा भइरहेको महात्मा गान्धी ग्रामीण सडक एवम स्वरोजगार योजना ( सय दिने ) काममा पनि असर रहने सम्भावना रहेको छ | तक्दाह खण्ड अन्तर्गत पर्ने मंग्पूको तीन वटा रेशेप, लाब्दा र रोंगचोंग ग्राम पंचायतमा पनि बन्दको असर पर्ने सम्भावना प्रबल रहेको देखिन्छ | 
Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.