डी के वाइबा: कालेबुङ ७ दिसम्बर; कालेबुङ महकुमा क्षेत्रमा राशन कार्ड नबनिएको कुरालाई लिएर माकपा नेता तारा सुन्दासले आपत्ती जनाएको छ। तिनले आज यसै बिषयमा कालेबुङ महकुमा खाद्य नियन्त्रक अधिकारीलाई भेटेर एउटा ज्ञापन पत्र सुम्पिए। सुन्दासले चाडो बिभागले राशन कार्ड बनाउँने कार्य गर्नु पर्ने माग गर्दै यो बिभागकै लापारवही रहेको आरोप लगाएका छन्। कालेबुङका मानिसहरुले आफ्नो हातमा बिपिएल राशन कार्ड बोकेर पनि एपीएल क्याटगोरीकै दरमा राशन थापिरहेको आरोप लगाउँदै बिभागले गरिबमारा नीति अपनाएको अनि यो माकपा पार्टीले सहन नगर्ने बताए। एकातिर भारत सरकारले २२ हजार मेट्रिक टन राशन पश्चिम बङगाल सरकारलाई दिएको आनि त्यहीं सरकारले दार्जीलिङ पाहाडमा राशन अनियमित रुपले बितरण गर्नु राम्रो कार्य नरहेको पनि जनाए। सरकारले दिएको राशन बिभागले नबाडेको आरोप लगाउँदै के गरिब जनताको दुख दुख होईन भनि प्रश्न गरे। तिनले कालेबुङको दुर्गम क्षेत्रहरुमा बिभागले कुहेको र सडेको राशन बितरण गरिरहेको अनि गरीब मानिसहरू बाध्य बनेर त्यहीँ राशन खान परिरहेको बताउँदै यसको जाँच हुनपर्ने पनि माग गरे। बिभागले राशन कार्ड बनाउँनुको निम्ति कार्यलयमा फारम छैन भनेर बहना बनाएको आरोप लगाउँदै यसबारेमा आफुले जिल्ला खद्य अधिकारीसंग बात गर्दा कालेबुङबाट बिभगका मानिसहरु फारम लिन नगएको अनि यस बिषयमा बिभागले यथाशिघ्र कार्य गर्नु पर्ने माग गरे। अर्कोतिर उक्त बिषयमा कालेबुङ खाद्य नियन्त्रक अधिकारी ध्रुव बराईलीले गत १८ सितम्बरमा आएको बिनासकारी भुईँचालोको कारण राम्रो कार्य गर्न नसकेको स्पष्टिकरण दिएका छन्। तिनले राशन कार्ड बनिने कार्यको निम्ति नगरपालीका चुनावको सबै प्रक्रिया पुर्ण भएपछि शुरु गरिने जानकारी दिए। बिपीएल कार्ड भएकाहरुको राशन कति पाउँनुपर्ने भन्ने बिषयमा पनि बिभागले पहल गरिरहेको अनि यसबारे पनि चाडै जानकारी दिने तिनले बताएका छन्।
Post a Comment
We love to hear from you! What's on your mind?