कालेबुंग/डी की वाइबा - कालेबुंग शहरदेखि केही पर अवस्थित कृष्णकली प्राथमिक पाठशालामा उब्जेको जमीन विवादले अनेकौ रहस्य उदांगो पारेको छ | उक्त प्राथमिक पाठशाला यहाँको १४ माइलमा अवस्थित रहेको छ | विवाद विधालयको जमीनबाट उब्जिएको हो | विधालयको निम्ति जनमुक्ति कर्मचारी संगठन अन्तर्गत आइसीडीएस कालेबुंग युनिटका सचिव निर्मला खालिंगका ससुराले १४ डेसिमल जमीन दान गरेका थिए | उक्त जमीनमा पाठशालासित नै सम्बद्ध एक व्यक्तिका आफन्तले घर बनाउने कुरो चलेको थियो | जुन कुरा थाहा पाएपछि जमीन दाताको परिवार पक्षबाट बिरोध गर्दा विवाद चर्केको थियो | विधालयको जमीनमा घर बनाउने कुरा जमीन दाता , विधालय संचालन समिति अनि विधालय पक्षसित कुनै सुझ बुझ भएको थिएन | उक्त विवाद साम्य पर्ने पहलमा जमीनदाताको परिवारसित थुप्रै बैठक भएपछि समस्या समाधान तर्फ गइरहेको समयमा विधालयका शिक्षक छितेन भोटियाले निर्मला खालिंगलाई अभद्र व्यवहार गरेको आरोप छ | आफूमाथि भएको अभद्र व्यवहारको कुरा जकसलाई राखेपछि आज संगठनका अध्यक्ष खडग विक्रम सुब्बा अनि अन्य सदश्यवर्ग विधालय पुगेका थिए | टोलीले निर्मला खालिंगसित बात गरेपछि जमीनको विवाद सुल्झिने भएको छ | अभद्र व्यवहार गर्ने शिक्षक भुटियाले माफी मागे समस्याको समाधान त हुने नै थियो तर यस विवाद काण्डले अनेकौ रहस्यमय कुराहरु उदांगो पारिदिएको छ |
विधालयमा शिक्षक तीन विधार्थी एक :
विधालयको जमीन विवाद त सुल्झिने भयो तर खुलेको रहस्यले नयाँ मोड लिने सम्भावना बढेको छ | रहस्य खुबै रोचक छ त्यो हो विधालयमा पडाउने शिक्षकहरुको संख्या तीन अनि विधार्थीको संख्या एक | भुइँ कक्षा देखि चौथो कक्षासम्म रहेको विधालयमा पुष्प पोख्रेल नाम गरेको छात्र मात्र छन् | उनी पनि स्थानीय होइन | असमका छात्र पुष्प पोख्रेल विधालय कै प्रधान अध्यापक किशोर सिलवालका घरमा बसेर अध्यान गर्छन | तिनी कृष्णकली प्राथमिक पाठशालाको पहिलो कक्षामा अध्यन गर्छन | विधालयमा अध्यान गर्ने विधार्थीको संख्या एक भएपनि तिनलाई शिक्षा दिने गुरुबाहरु भने तीन जना रहेको छ | यहाँ सबै भन्दा रोचकको विषय के छ भने अध्यान गर्ने विधार्थीहरुको संख्या विधालयको रेजिस्टरमा ५० रहेको छ | अहिले विधालयको वार्षिक परिक्षा चलिरहेको छ अनि परिक्षा केवल एक जना विधार्थीले मात्र दिईरहेको छ | रेजिसटरमा ५० जना भएपनि परिक्षा दिने छात्रको संख्याले भने विधालयको वास्तविक रहस्य खोलेको छ | जमीनको विवाद बुझ्न पत्रकारहरु पुग्दा छात्र पुष्प पोख्रेलले परिक्षा लेखिरहेका थिए अनि तिनलाई परिक्षा गराईरहेका थिए | मिड डे मिल खाना बनाउने कर्मचारी रिन्छेन भोटियाले ११ बजी सम्म विधालयमा शिक्षकहरु नआएपछि तिनले विधार्थीलाई वार्षिक परिक्षा गराएको बताएका छन् | तीन जना शिक्षक रहेको उक्त विधालयमा मिड डे मीलका कर्मचारीले परिक्षा गराईरहेको कुरा जो कोहीलाई पनि आश्चर्य लाग्नु स्वाभाविक नै हो अनि यस घटनाले प्राथमिक पाठशालाको शिक्षा व्यवस्था माथि नै प्रश्न चिन्ह खडा गरिदिएको छ | घडी ११ पार गर्दा मात्र विधालयका शिक्षक छितेन भुटिया आइपुगेपछि प्रधान अध्यापक किशोर सिलवाल बिरामी भएर चार महिना देखि छुट्टिमा रहेको बताए | यसको साथै अर्का शिक्षक सुरेन कार्कीडोली भने आउदै आएनन् |
विधालयमा खाना पकाउने दुई पदने एक :
विधालयमा अध्यान गर्ने छात्र एकजना मात्र छन् तर तिनलाई खाना पकाएर दिनेहरु दुइजना रहेका छन् | तिनीहरु हुन् रिन्चेन भुटिया अनि छुनु तामांग | एकजना विधार्थीलाई मिड डे मिल खुवाउन कसरी दुइजनाले नियुक्ति पाए कसैलाई थाहा छैन | यस मध्ये पनि विगत केही दिन देखि छुनु तामांग पनि आएका छैनन आफ्नो कार्यमा | के रेजिस्टरमा विधार्थीहरुको संख्या ५० लेखिएको कारण दुइजनाले खाना पकाउन नियुक्ति पाएका हुन् ? एउटा रहस्यमय प्रश्न |
कता जादैछ मिड डे मिल र बुक ग्रान्टहरु ?
यस पाठशालामा आएको मिड डे मिल कता जादैछ ? अहिले यो प्रश्न जटिल बनेर गएको छ | रेजिस्टरमा ५० जना विधार्थीहरुको नाम लेखेर कतै यो विधार्थीहरुको नाममा पाउने सहुलियतहरुको घोटाला गर्नलाई होइन ? सरकारले दिने बुक ग्रान्ट र ड्रेस ग्रान्टका पैसाहरु कता जादैछ ? यस्ता अनेकौ उतर विहिन प्रश्नहरुले अब स्कूल प्रशासन पक्षलाई चेपारोमा पारेको छ |किन लेखियो रेजिस्टरमा ५० जना विधार्थीहरुको नाम ? स्कूल संचालन समितिको कतै मिलिभगत छैन ? यस्ता अनेकौ प्रश्नहरु आजको घटनाले उजागर गरिदिएको छ | यता जमीन विवाद बुझ्न विधालय पुगेका जकस अध्यक्ष खडग विक्रम सुब्बा यी सबै कुराहरु देखेपछि जाँच हुन पर्ने माग गरेका छन् | तिनले विधालयका शिक्षक छितेन भोटियाले निर्मला खालिंगमाथि भएको दुर्व्यवहारको विरोध गर्दै एउटा शिक्षकले दुर्व्यवहार गर्नु ठीक नरहेको बताउदै माफी माग्नु पर्ने बताए | अर्कोतिर उक्त घटना सम्बन्धि कालेबुंग स्कूल निरीक्षकसित सम्पर्क गर्न खोज्दा कुनै सम्पर्क हुन सकेन |
Post a Comment
We love to hear from you! What's on your mind?