जीटीए सम्झौता गरेर छुट्टै राज्य गोर्खाल्याण्ड गठनको बाटोमा बाधा सृजना भएको छ - अरुण घतानी
कालेबुंग/५ दिसम्बर/डी० के० वाइबा - गोर्खा जनमुक्ति मोर्चाले जीटीए सम्झौता गरेर छुट्टै राज्य गोर्खाल्याण्ड गठनको बाटोमा बाधा सृजना भएको छ | यसले गोर्खाल्याण्ड गठनको निम्ति मात्र बाधा नगरेर भारतभरि नै छुट्टै राज्य माग्ने दलहरुलाई बाधा बनेको छ | यसर्थ जीटीएको सम्झौता यथासिग्रह खारेज हुनपर्छ - उक्त कुरा गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चा केन्द्रिय समिति सचिव अरुण घतानीले पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा भनेका हुन् | तिनले मोर्चाको आन्दोलनलाइ सरकार प्रायोजित आन्दोलनको संज्ञा दिदै सरकार प्रायोजित दलहरुले पहिले जनताको बिश्वास जितेर पछि जनतालाई नै कुठाराघात गरेको आरोप पनि लगाए | छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन केवल दार्जीलिंगको मात्र समस्या नरहेर भारतभरि बस्ने गोर्खाहरुको समस्या रहेको बताउदै यसलाई भारत सरकारले गम्भिरतापुर्वक लिनु पर्ने पनि तिनले बताए | जीटीए थमाएर दार्जीलिंगको समस्या समाधान भयो भने सरकारले गोर्खाहरुको समस्यालाइ नबुझे यो राष्ट्र कै एकता र अखण्डताको बिषयमा खतरा हुनेछ भन्ने कुरा पनि बुझ्नु पर्ने घतानीले जनाए | तिनले अबको आन्दोलन राष्ट्रव्यापी हुनपर्ने बताउदै छुट्टै राज्यको निम्ति सामुहिक रुपले अघि बढ्नुपर्ने आह्वान गरे | अहिले भागोपापको पहलमा गोर्खाल्याण्ड टास्क फोर्स गठन भएर नया आशाको किरण देखा परेको बताउदै जीटीएको सम्झौताले राज्य माग्नेहरुलाई घातक भएको पुन: दोहोराए | यसै क्रममा क्रामाकपा कालेबुंग आंचलिक समितिका अध्यक्ष किशोर प्रधानले क्रामाकपाले गोर्खाल्याण्डको निम्ति १९ अनि २० दिसम्बरमा दिल्लीको जन्तर मन्तरमा धर्ना दिने जानकारी गराए | अहिले क्रामाकपाले गोर्खाल्याण्डको औचित्य बुझाउन विभिन्न स्थानहरुमा कार्यक्रम गर्दै आइरहेको बताउदै अब विभिन्न स्थानहरुमा पोस्टरिंग , लिफलेट वितरण अनि पथ सभाहरुको आयोजना गर्ने बताए | यहाँ बारम्बार गोर्खाल्याण्डको आन्दोलन दबाउन कतिपय शक्तिहरु सक्रिय रहेको बताउदै यो गोर्खाहरुको राष्ट्रिय र राष्ट्रिय सुरक्षाको प्रश्न अडेको बताए | अहिले बङ्गाल र केन्द्र सरकारले जीटीए दिएर पहाडको समस्या समाधान भन्ने कुरा गर्नु नितान्त झुटो रहेको दाबी गर्दै यस्ता व्यवस्थाहरु केवल टालटुले मात्र रहेको किशोर प्रधानले बताए | तिनले जीटीएको विरोध गर्दै क्रामाकपाले कुनै पनि वैकल्पिक व्यवस्थामा सम्झौता गरेर जनतालाई धोका दिने कार्य नगर्ने पनि दाबी गरे |
Post a Comment
We love to hear from you! What's on your mind?