कालेबुंग/डी० के० वाइबा : चारैतिर मानिसहरु नयाँ वर्षको रौनकतामा झुमिरहेका छन् | के बुदा के नौ जवान सबै मस्त रहेका छन् नयाँ वर्षको रमझममा | समयको आरोह र अवरोहमा मानिसहरु मस्त झुमिरहेको भएपनि पहाडका मानिसहरुलाई भने बिजुलीको बिल तिर्न पर्ने समस्या घांटीमा अड्केको हड्डी सरह बनेको छ | घटना के छ भने बिगत छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन पहाडमा गोर्खा जनमुक्ति मोर्चाले शुरु गरेपछि सरकारलाई दबाउ दिन सम्पूर्ण करहरु तिर्न बन्द गरेको थियो | सोही क्रममा बिजुलीको बिल पनि पहाडका मानिसहरुले तिर्न बन्द गरेका थिए | समय क्रममा मोर्चाले १८ जुलाईको दिन जीटीएमा सम्झौता गरेपछि अगस्त महिना देखि सम्पूर्ण करहरु सितै बिजुलीको बिल तिर्ने घोषणा गरेको थियो | यसको साथै जुलाई महिना सम्मको निजुली बिल माफी गरेको कुरालाई आरटीआईले गलत प्रमाणित गरेपछि नयाँ वर्षको रमझममा झुमिएका पहाडवासीलाई बिजुलीको बिल भिरको चिन्दो उधो न उभो भने जस्तै भएको छ | १० दिसम्बर को दिन बिधुत विभागका सिनियर मेनेजर एन० सादुखान द्वारा हस्ताक्षरित रिपोर्टमा सरकारले बिजुलीको बिल माफी नगरेको स्पष्ट लेखिएका छन् | उक्त रिपोर्टले मोर्चाको दाबीलाई गलत साबित त गरेको नै छ यसको साथै दार्जीलिंग पहाडका मानिसहरुले बिजुलीको नतिरिएको बिलहरु सबै तिर्नु पर्ने छाँट देखिएको छ | यस सम्बन्धमा गोजमुमो प्रवक्ता एवम कालेबुंगका विधायक डा० हर्क बहादुर छेत्रीसित कुराकानी गर्दा मोर्चाले जीटीएमा सम्झौता गर्न अघि राज्यका मुख्य मन्त्री ममता ब्यनार्जीसित कुराकानी गर्दै मोर्चा प्रमुख बिमल गुरुङलाई नै जुलाई सम्मको बिल माफी गरिदिने आस्वासन दिएको जानकारी गराउँदै मुख्य मन्त्रीका कुरालाई विभागले कार्यनवय नगरेको आरोप लगाए | तिनले अहिले पहाडमा बिजुलीको अनियमित बिल आइरहेको सन्दर्भमा राज्यका बिधुत मन्त्रीलाई पत्रचार गरेको अव्गात गराउँदै बिल माफीको कुरा विधान सभामा उठाउने डा० छेत्रीले बताए | पहाडका मानिसहरुले असहयोग आन्दोलन गर्दा नतिरिएको सम्पूर्ण बिलहरु माफीको निम्ति राज्यका मुख्य मन्त्री ममता ब्यनार्जीको हस्तक्षेपको भाग गर्ने कुरा गर्दै यथासिग्रह पत्रचार गर्ने तिनले थप जानकारी दिए | आरटीआइले बिजुलीको बिल माफी नभएको खुलासा गरेर राम्रो भएको बताउँदै यसै मार्फत सरकारले मोर्चालाई दिएको बचन पुरा नगरेको यसैले खुलासा गरेको तिनले जनाए | वास्तवमा बिजुलीको बिल माफीको निम्ति मुख्य मन्त्रीले विभागलाई निर्देश दिईसकेको बताउँदै विभागले नै काम नगरेको डा० छेत्रीले आरोप लगाए |
Post a Comment
We love to hear from you! What's on your mind?